• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ८, २०८३  १२:३२
1140x725

काठमाडौं - बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने इच्छा व्यक्त गरेकी छन् । उनले आफ्नो स्वदेश फिर्तीका लागि दिल्लीबाट बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्समार्फत हवाई यात्रा र आवश्यक कागजातको व्यवस्था मिलाउन ढाकास्थित सरकारसँग आग्रह गरेकी छन् ।

रोयटर्सका अनुसार हसिनाका प्रवक्ता सैयद मोजामेल अलीले मंगलबार यसबारे जानकारी दिएका हुन् । हसिनाले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएको अवसरमा मनाइने विजय दिवसकै दिन बंगलादेश फर्कने इच्छा राखेको उनले बताएका छन् ।

‘सन् २०२४ अगस्ट ५ मा बंगलादेशको विमानमार्फत शेख हसिनालाई भारत ल्याइएको थियो । ‘अब उनलाई दिल्लीबाट ढाका फर्काउन सरकारले हवाई यातायातको व्यवस्था गर्नुपर्छ,’ अलीले रोयटर्ससँग भनेका छन् ।

उनले हसिनालाई संविधानविपरीत परिस्थितिमा देश छाड्न बाध्य पारिएको दाबी गर्दै डिसेम्बर १६ मा स्वदेश फर्कने वातावरण बनाउनु सरकारको जिम्मेवारी भएको बताएका छन् ।

बंगलादेशमा हरेक वर्ष डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाइन्छ । सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेपछि बंगलादेश स्वतन्त्र राष्ट्र बनेको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैबीच, बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले सोमबार विद्यार्थी आन्दोलनबाट उदाएको नेसनल सिटिजन पार्टी (एनसीपी) का नेताहरूसँग छलफल गरेका छन् । सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी नेतृत्वको आन्दोलनले हसिनालाई सत्ताच्युत गराएपछि उक्त आन्दोलनबाट एनसीपी गठन भएको थियो ।

ढाकास्थित क्याबिनेट डिभिजन सचिवालयमा भएको भेटमा एनसीपीका संयोजक नाहिद इस्लाम नेतृत्वको चार सदस्यीय टोली सहभागी थियो । टोलीमा सदस्यसचिव अख्तर हुसेन, वरिष्ठ संयुक्त संयोजक हसनत अब्दुल्लाह र संयुक्त संयोजक अक्रम हुसेन पनि थिए ।

बंगलादेशको सरकारी समाचार संस्था बीएसएसका अनुसार प्रधानमन्त्रीका अतिरिक्त प्रेस सचिव अतिकुर रहमान रुमोनले उक्त भेटवार्ता करिब ४० मिनेट चलेको जानकारी दिएका छन् ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भेटपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता महदी अमिनले बंगलादेशलाई अस्थिर बनाउने प्रयास भइरहेका बेला लोकतान्त्रिक तथा अधिनायकवादविरोधी राजनीतिक शक्तिबीच एकता देखिएको बताएका छन् । उनले राजनीतिक विचार र सिद्धान्त फरक भए पनि देशको स्थायित्वमा चुनौती उत्पन्न हुँदा दलहरू एक ठाउँमा उभिन सक्ने बताएका छन् ।

एनसीपी संयोजक नाहिद इस्लामले भने राजनीतिक संवादलाई छलफलमा मात्र सीमित नराखी त्यसबाट ठोस परिणाम निकाल्नुपर्नेमा जोड दिएका छन् । ‘हामी छलफलका लागि मात्रै छलफल चाहँदैनौँ । संवाद जारी रहोस् भन्ने चाहन्छौँ, तर त्यसलाई परिणाममुखी बनाउन सरकारले के कदम चाल्छ भन्ने पनि हेर्न चाहन्छौँ,’ उनले भनेका छन् ।

सन २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर बंगलादेश छाडेकी थिइन् । त्यसयता उनी भारतमा बस्दै आएकी छन् । यसैबीच बंगलादेशका विभिन्न क्षेत्रमा कच्चा बम विस्फोट, आगजनी र हिंसाका घटना भइरहेका विवरण सार्वजनिक भएका छन् । यस्तो परिस्थितिमा प्रधानमन्त्री रहमानले आन्दोलनमा सहभागी राजनीतिक समूहहरूसँग संवाद अघि बढाएका हुन् । एएनआई

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान
ट्राफिक प्रहरीले ग-यो सात सय ७४ जना सवारी चालकलाई कारबाही
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
सम्बन्धित सामग्री
बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान बंगलादेशको सरकारी समाचार संस्था बीएसएसका अनुसार प्रधानमन्त्रीका अतिरिक्त प्रेस सचिव अतिकुर रहमान रुमोनले उक्त भेटवार्ता करिब ४० मिने... मंगलबार, मंसिर ८, २०८३
यमनमा साउदी आक्रमणमा १० जनाको मृत्यु हुथी विद्रोहीसँग सम्बन्धित सञ्चारमाध्यमले सोमबार उक्त जानकारी दिएका हुन् । हुथीहरूको अलमसिराह टेलिभिजन च्यानलका अनुसार यमनको पब्लिक... सोमबार, मंसिर ७, २०८३
लिबियाको तटमा रुसी युद्धपोत डुबाएको युक्रेनको दाबी जेलेन्स्कीका अनुसार आक्रमणमा रुसी कार्वेट ‘मर्करी’ डुबेको छ भने केए–२७ हेलिकप्टर पनि नष्ट भएको छ । रुसी हतियार ढुवानीमा प्रयोग हुँदै... सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान मंगलबार, मंसिर ८, २०८३
ट्राफिक प्रहरीले ग-यो सात सय ७४ जना सवारी चालकलाई कारबाही मंगलबार, मंसिर ८, २०८३
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता मंगलबार, मंसिर ८, २०८३
मुक्तिनाथ यात्रामा डोलीको सहारा मंगलबार, मंसिर ८, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु सोमबार, मंसिर ७, २०८३
भारतले हवाई रुट दिन सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल सञ्चालनको बाटो खुल्दै सोमबार, मंसिर ७, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्