• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ८, २०८३  १०:०१
1140x725

सुर्खेत । लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा आजदेखि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि त्यसको आठ दिनअघि नै विभिन्न खेलका प्रतिस्पर्धा सुरु हुन लागेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक समितिबाट अनुमोदित खेलतालिकाअनुसार आजदेखि क्रिकेट, फुटबल, ह्यान्डबल, बास्केटबल, टेनिस र पौडीलगायत ६ खेल विधाका प्रतिस्पर्धा सञ्चालन हुनेछन् । पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल र महिला बास्केटबलका खेल पनि प्रारम्भिक चरणमै सुरु हुने तालिकामा छन् ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुँदैछन् । प्रतियोगितामा करिब ६ हजार ५०० खेलाडीले ३२ खेलका ३८४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव रविन्द्र चन्दले बताए । 

२३ खेल सुर्खेतमा, पाँच जिल्लामा शून्य

दशौँ राष्ट्रिय खेलकुदका ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन गर्ने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोट्र्स र सेपाकताक्रोका प्रतिस्पर्धा सुर्खेतमा हुनेछन् ।

त्यसबाहेक टेनिस र खोखो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने अवसर पाए पनि कर्णालीका सबै जिल्लाले खेल सञ्चालनको अवसर पाएका छैनन् । कर्णालीका हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा कुनै पनि खेल सञ्चालन हुने छैनन् । लुम्बिनी प्रदेशका बाँके र बर्दियामा समेत खेल सञ्चालन हुने भएपछि कर्णालीभित्रै खेलस्थलको समान वितरण हुन नसकेको देखिन्छ ।

एक अर्ब ५९ करोडको रंगशाला हस्तान्तरण

Ncell 2
Ncell 2
nimb
nimb

प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा रहेको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला सोमबार निर्माण कम्पनीले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीको उपस्थितिमा निर्माण कम्पनी एमएसी–जीएसएल जेभीले रंगशाला सरकारलाई हस्तान्तरण गरेको हो । रंगशाला निर्माणका लागि एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ । करिब १० हजार दर्शक क्षमताको रंगशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान, आठ लेनको एथ्लेटिक्स ट्र्याक र बहुउद्देश्यीय खेल संरचना निर्माण गरिएको छ ।

लामो समयदेखि प्रतीक्षामा रहेको रंगशाला औपचारिक रूपमा प्रदेश सरकारको जिम्मामा आएसँगै प्रतियोगिता सञ्चालनको एउटा महत्वपूर्ण पूर्वाधारसम्बन्धी काम पूरा भएको छ ।

करिब नौ हजारको सहभागिता अपेक्षा

प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा गरिएको आयोजकले जनाएको छ । विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू वीरेन्द्रनगर पुगिसकेका छन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतियोगितालाई लक्षित गरी वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित प्रचारात्मक र्‍यालीसमेत निकालिएको थियो । मुख्यमन्त्री मंगलबहादुर शाही, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्द, खेलाडी तथा स्थानीयको सहभागितामा र्‍याली निकालिएको थियो ।

आयोजकका अनुसार प्रतियोगितामा खेलाडी र अफिसियल गरी करिब नौ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिताका लागि सरकारले ४४ करोड १० लाख रुपैयाँ बजेट स्वीकृत गरेको र आवश्यकताअनुसार करिब ७२ करोड रुपैयाँसम्म खर्च हुन सक्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

कर्णालीको पहिचान स्थापित गर्ने अवसर

कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशको खेलकुद इतिहासका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । तीन पटकसम्म मिति घोषणा भएर आयोजना हुन नसकेको प्रतियोगिता यसपटक सञ्चालन हुन लागेपछि कर्णालीवासीमा उत्साह थपिएको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा हुनेछ भने समापन मङ्सिर २७ गते सोही रंगशालामा गर्ने तालिका छ ।

प्रतियोगिताले कर्णालीको खेल पूर्वाधारलाई राष्ट्रियस्तरमा चिनाउनुका साथै पर्यटन, होटल व्यवसाय, यातायात, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । देशभरका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र दर्शकको आगमनले कर्णालीको सामाजिक तथा सांस्कृतिक पहिचानलाई देशभर पुर्‍याउने अवसरसमेत सिर्जना गर्नेछ ।

राष्ट्रिय खेलकुदले कर्णालीका खेलाडीलाई आफ्नै प्रदेशमा राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्ने अवसर दिनुका साथै नयाँ खेल प्रतिभा उत्पादन र खेलकुद संस्कृतिको विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा
दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा आजदेखि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्... मंगलबार, मंसिर ८, २०८३
दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने आजदेखि नै सुरु हुन लागेका हुन् । मंगलबार, मंसिर ८, २०८३
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक रुसमा सम्पन्न पाँचौँ ओपन वल्र्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन् । आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा मंगलबार, मंसिर ८, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, मंसिर ८, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धी, ओझेलमा सीमा विवाद र पुराना मुद्दा मंगलबार, मंसिर ८, २०८३
ताप्लेजुङको ओलाङचुङगोला ५.६ म्याग्निच्युडको भूकम्प मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु सोमबार, मंसिर ७, २०८३
भारतले हवाई रुट दिन सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल सञ्चालनको बाटो खुल्दै सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्