• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धी, ओझेलमा सीमा विवाद र पुराना मुद्दा

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ८, २०८३  ०८:३३
1140x725

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमणलाई परराष्ट्र मामिलाका जानकारहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले पहिलो भ्रमणका हिसाबले यसलाई सफल र सकारात्मक मानेका छन् भने केहीले अपेक्षाअनुसार उपलब्धिमूलक हुन नसकेको टिप्पणी गरेका छन् । 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ता, विकास सहायता, ऊर्जा सहकार्य, पूर्वाधार निर्माण, हवाई सम्पर्क र विभिन्न समझदारीलाई सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ । तर सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धि र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाजस्ता विषयले ठोस प्रवेश नपाएको भन्दै विज्ञहरूले भ्रमणको उपलब्धिमाथि प्रश्न उठाएका छन् ।

नेपाल न्युज बैंकसँग कुरा गर्दै परराष्ट्र मामिलाका जानकार रणधिर चौधरीले प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणलाई सफल मानेका छन् । पहिलो द्विपक्षीय भ्रमण परिचयात्मक हुनुका साथै दुई देशका प्रधानमन्त्रीबीच प्रत्यक्ष संवाद र सम्बन्ध विस्तारका दृष्टिले पनि महत्त्वपूर्ण भएको उनी बताउँछन् ।

चौधरीले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको दूरदर्शिता र विकासप्रतिको हुटहुटीबारे गरेको प्रशंसालाई पनि अर्थपूर्ण रूपमा लिएका छन् ।

मोदीले प्रधानमन्त्री शाहसँगको पछिल्लो संवादबाट नेपालका लागि केही परिणाममुखी काम गर्ने उहाँको चाहना र प्रतिबद्धता आफूले महसुस गरेको अभिव्यक्ति दिएका थिए । चौधरीका अनुसार भारतीय प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा आएको यस्तो अभिव्यक्तिले दुई देशबीचको विश्वास र सहकार्यको वातावरणलाई थप बलियो बनाउन सक्ने विश्वास छ ।

उनले भने, ‘ प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणलाई सफल भ्रमणका रूपमा लिएको छु । पहिलो द्विपक्षीय भ्रमणका हिसाबले यो परिचयात्मक हुनुका साथै दुई देशका प्रधानमन्त्रीबीच प्रत्यक्ष संवाद र आपसी विश्वास अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर पनि हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमै प्रधानमन्त्री शाहको दूरदर्शिता र देश विकासप्रतिको हुटहुटीको प्रशंसा गर्नु सकारात्मक पक्ष हो। यसले प्रधानमन्त्री शाहको विकासप्रतिको प्रतिबद्धतालाई भारतले पनि नजिकबाट बुझेको संकेत गर्छ। समग्रमा यो भ्रमणले नेपाल–भारत सम्बन्धमा विश्वास र सहकार्यको नयाँ वातावरण निर्माण गरेको छ ।’

विशेषगरी रसुवा–भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि भारतले घोषणा गरेको आर्थिक सहयोगलाई उनले महत्त्वपूर्ण उपलब्धि मानेका छन् । भ्रमणअघि नै प्रधानमन्त्रीको प्राथमिकतामा विपद्पछिको पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने विषय रहेको र त्यसले सम्बोधन पाएको उनको भनाइ छ ।

यद्यपि, नेपाल–भारतबीच दशकौँदेखि समाधान हुन नसकेका विषयहरूमा थप कूटनीतिक पहल आवश्यक रहेको चौधरीको धारणा छ । पहिलो भ्रमण भएकाले सबै विषय एकैपटक टुंगिने अपेक्षा गर्न नसकिने भन्दै उनले आगामी दिनमा प्रधानमन्त्री तहबाटै निरन्तर संवाद र पहल हुनुपर्नेमा जोड दिएका छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

अपेक्षा उच्च, उपलब्धि भने औसत : गेजा शर्मा वाग्ले

परराष्ट्र मामिलाका जानकार गेजा शर्मा वाग्लेले भने प्रधानमन्त्री शाहको भारत भ्रमणलाई समग्रमा औसत भ्रमणका रूपमा मूल्यांकन गरेका छन् ।

उनका अनुसार नयाँ सरकार गठनपछि भएको पहिलो द्विपक्षीय भ्रमण भएकाले यसप्रति जनस्तर, राजनीतिक वृत्त र सञ्चारमाध्यममा निकै ठूलो अपेक्षा थियो । तर भ्रमणबाट प्राप्त उपलब्धि ती अपेक्षाअनुरूप हुन नसकेको उनको विश्लेषण छ ।

वाग्लेले नेपाल–भारतबीच लामो समयदेखि विवाद र छलफलमा रहेका सीमा समस्या, सन् १९५० को सन्धि तथा विकास साझेदारीका महत्त्वपूर्ण विषयमा पर्याप्त छलफल हुन नसकेको बताए ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले भने, ‘ प्रधानमन्त्री बालेन्द्र शाहको बहुचर्चित भारत भ्रमण समग्रमा औसत देखिएको छ । नयाँ सरकार गठनपछिको पहिलो द्विपक्षीय भ्रमण भएकाले यसप्रति जनस्तर, राजनीतिक वृत्त र सञ्चारमाध्यममा निकै ठूलो अपेक्षा थियो । तर ती अपेक्षाअनुसार भ्रमण उपलब्धिमूलक हुन सकेको देखिँदैन । विशेषगरी नेपाल–भारतबीच लामो समयदेखि थाती रहेका सीमा विवाद, सन् १९५० को सन्धि र विकास साझेदारीका महत्त्वपूर्ण विषयमा पर्याप्त छलफल हुन सकेन । केही पुराना सहमति अघि बढाउने र नयाँ परियोजनामा समझदारी गर्ने काम भए पनि महत्त्वपूर्ण द्विपक्षीय मुद्दामा ठोस प्रगति देखिएन ।’

उनका अनुसार पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र ऊर्जा साझेदारीका विषयमा पनि अपेक्षित प्रगति देखिएन । केही चालु परियोजनालाई अघि बढाउने सहमति र नयाँ परियोजनाको शिलान्यास भए पनि त्यसलाई भ्रमणको समग्र उपलब्धिका रूपमा मात्र हेर्न नसकिने उनको भनाइ छ ।

विकास र पूर्वाधारमा सकारात्मक प्रगति, पुराना मुद्दा भने यथावत्‌

अर्का परराष्ट्र मामिला विज्ञ तथा नेकपा (एमाले) का नेता डा. राजन भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणलाई औसत माने पनि केही महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् ।

उनका अनुसार प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको अनुदान तथा ऋण सहयोग सकारात्मक पक्ष हो । त्यस्तै, काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने नीतिगत सहमतिलाई पनि उनले महत्त्वपूर्ण मानेका छन् । यद्यपि यसको वास्तविक कार्यान्वयन प्राविधिक सहमतिमा निर्भर रहने उनको भनाइ छ ।

नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को शाखा स्थापना गर्ने सहमति, स्टार्टअप क्षेत्रमा सहकार्य विस्तार तथा क्रिकेट पूर्वाधार विकासका विषयलाई पनि उनले सकारात्मक रूपमा लिएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणलाई समग्रमा औसत मान्न सकिन्छ । यद्यपि भ्रमणका क्रममा केही महत्त्वपूर्ण उपलब्धि पनि हासिल भएका छन् । प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको अनुदान तथा ऋण सहयोग सकारात्मक छ । त्यसैगरी, काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने नीतिगत सहमति महत्त्वपूर्ण उपलब्धि हो, तर यसको वास्तविक कार्यान्वयन प्राविधिक सहमतिमा निर्भर रहनेछ । नेपालमा आईआईटीको शाखा स्थापना, स्टार्टअप क्षेत्रमा सहकार्य विस्तार र क्रिकेट पूर्वाधार विकासका विषयमा भएको सहमतिलाई पनि सकारात्मक रूपमा लिनुपर्छ ।’

त्यसैगरी, सीमावर्ती क्षेत्रमा विशेष आर्थिक क्षेत्र निर्माण, आयात–निर्यात विस्तार तथा रेलमार्ग र सीमापार पूर्वाधार विकासका विषयमा भएको सहमतिले आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सक्ने उनको विश्लेषण छ ।

भट्टराईका अनुसार बनबासामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण र सुदूरपश्चिममा ड्राइपोर्ट विकास गर्ने विषय यसअघिकै सहमतिका निरन्तरता हुन् । तर तिनलाई कार्यान्वयनको चरणमा लैजाने प्रतिबद्धता आउनु सकारात्मक भएको उनले बताए ।

रक्सौल–काठमाडौं रेलमार्गको स्थलगत सर्वेक्षण सम्पन्न हुनु र पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमतिलाई पनि उनले पूर्वाधार विकासका दृष्टिले महत्त्वपूर्ण मानेका छन् ।

तर पुराना सहमति दोहोर्‍याउनेभन्दा तिनको कार्यान्वयन सुनिश्चित गर्नु अहिलेको आवश्यकता रहेको भट्टराईको भनाइ छ ।

सीमा विवाद र पञ्चेश्वरमा ठोस प्रगति भएन

भ्रमणका सकारात्मक पक्ष हुँदाहुँदै पनि नेपालले लामो समयदेखि उठाउँदै आएका केही महत्त्वपूर्ण विषयमा ठोस प्रगति हुन नसकेको भट्टराईको टिप्पणी छ ।

विशेषगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा विवादमा दुवै प्रधानमन्त्रीबीच सार्थक छलफल भएको सार्वजनिक विवरणमा नदेखिएको उनले बताए ।

उनले भने, ‘भ्रमणका क्रममा केही सकारात्मक उपलब्धि हासिल भए पनि नेपालले लामो समयदेखि उठाउँदै आएका महत्त्वपूर्ण विषयहरूमा भने अपेक्षित प्रगति हुन सकेन । विशेषगरी लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका सीमा विवादका विषयमा दुवै देशका प्रधानमन्त्रीबीच ठोस छलफल भएको देखिएन । यस्ता संवेदनशील विषयलाई उच्च राजनीतिक तहबाटै सम्बोधन गर्नुपर्ने आवश्यकता थियो । तर यसपटकको भ्रमणमा ती विषयले प्राथमिकता पाउन सकेनन् ।’

स्वागत र कूटनीतिक सम्बन्धमा सुधार, परिणामको परीक्षा बाँकी

नयाँदिल्लीमा बसेर नेपाल–भारत सम्बन्धको अध्ययन गरिरहेका सरोज झाले भने प्रधानमन्त्री शाहको भ्रमणलाई निकै सकारात्मक रूपमा लिएका छन् ।

उनका अनुसार भारतीय सरकारले प्रधानमन्त्री शाहलाई दिएको स्वागत र सम्मानले दुई देशबीचको सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउने संकेत गरेको छ । भारतका विभिन्न स्थानमा ब्यानर तथा स्वागतका कार्यक्रम आयोजना हुनु र युवाहरूको उत्साहपूर्ण सहभागिताले पनि भ्रमणको महत्त्व झल्काएको उनको भनाइ छ ।

उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण निकै सकारात्मक र उपलब्धिमूलक रहेको मैले पाएको छु । भारतीय सरकारले उहाँलाई दिएको स्वागत र सम्मानले पनि नेपालप्रति भारतको सकारात्मक दृष्टिकोण झल्काउँछ । विभिन्न स्थानमा स्वागतका कार्यक्रम हुनु र युवाहरूको उत्साहपूर्ण सहभागिताले भ्रमणको महत्त्व थप उजागर गरेको छ ।’

झाले सीमा सुरक्षासम्बन्धी विषयबाहेक अन्य अधिकांश मुद्दामा सकारात्मक वातावरण बनेको टिप्पणी गरेका छन् । विशेषगरी भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि भारतबाट प्राप्त सहयोग र हवाई मार्गसम्बन्धी सहमतिलाई उनले महत्त्वपूर्ण मानेका छन् ।

उनले भने, ‘सीमा सुरक्षासम्बन्धी विषयबाहेक अन्य अधिकांश मुद्दामा सकारात्मक वातावरण बनेको छ । विशेषगरी भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि भारतले गरेको सहयोग र हवाई मार्गसम्बन्धी सहमतिलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्छ ।’

उपलब्धि कार्यान्वयनले मात्रै भ्रमणको वास्तविक मूल्यांकन

प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणले दुई देशबीचको उच्चस्तरीय राजनीतिक संवादलाई निरन्तरता दिएको छ । विकास सहायता, ऊर्जा, रेलमार्ग, हवाई सम्पर्क, शिक्षा, स्वास्थ्य तथा सीमापार पूर्वाधारका क्षेत्रमा भएका सहमति आगामी सहकार्यका आधार बन्न सक्छन् ।

तर विज्ञहरूको विश्लेषणमा भ्रमणको वास्तविक सफलता घोषणामा मात्र सीमित नरही सहमति कार्यान्वयनमा कति अघि बढ्छ भन्ने कुराले निर्धारण गर्नेछ ।

विपद्पछिको पुनर्निर्माणका लागि घोषित आर्थिक सहायता, हवाई मार्गको सञ्चालन, पञ्चेश्वर परियोजनाको डीपीआर, रेलमार्ग निर्माण र सीमासम्बन्धी बाँकी प्रश्नमा आगामी दिनमा हुने कूटनीतिक पहलले भ्रमणको उपलब्धिलाई मापन गर्नेछन् ।

यसर्थ, प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणलाई एकातिर विकास साझेदारी र द्विपक्षीय सम्बन्ध सुधारको सुरुवातका रूपमा लिन सकिन्छ भने अर्कोतिर नेपालले लामो समयदेखि उठाउँदै आएका महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक मुद्दाको समाधानका लागि थप पहल आवश्यक रहेको सन्देशका रूपमा पनि बुझ्न सकिन्छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  ०८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धी, ओझेलमा सीमा विवाद र पुराना मुद्दा
ताप्लेजुङको ओलाङचुङगोला ५.६ म्याग्निच्युडको भूकम्प
डेढ अर्बको रङ्गशाला सरकारको स्वामित्वमा, नियमित उपयोग गर्न चुनौती
सम्बन्धित सामग्री
प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धी, ओझेलमा सीमा विवाद र पुराना मुद्दा प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमणलाई परराष्ट्र मामिलाका जानकारहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले प... मंगलबार, मंसिर ८, २०८३
संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने सङ्घीय संसद् प्रतिनिधिसभाका चार समितिको बैठक आज बस्ने भएको छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूच... मंगलबार, मंसिर ८, २०८३
दाङ पुगेर देउवाले भने– पाँचपटक प्रधानमन्त्री भइसकेँ, अब जीवनभर देशको सेवा गर्छु कांग्रेसको देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गत सोमबार भालुबाङमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै देउवाल... सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धी, ओझेलमा सीमा विवाद र पुराना मुद्दा मंगलबार, मंसिर ८, २०८३
ताप्लेजुङको ओलाङचुङगोला ५.६ म्याग्निच्युडको भूकम्प मंगलबार, मंसिर ८, २०८३
डेढ अर्बको रङ्गशाला सरकारको स्वामित्वमा, नियमित उपयोग गर्न चुनौती मंगलबार, मंसिर ८, २०८३
संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने मंगलबार, मंसिर ८, २०८३
सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु सोमबार, मंसिर ७, २०८३
दुई स्थानमा सडक अवरुद्ध, घोप्टेभिरमा दैनिक पाँच घण्टा आवागमन बन्द सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्