काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सात सय ७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६१, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २० जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १२६, हर्न निषेधमा १८, अवस्था ठिक नभएको २२ र अन्यमा ४० जनालगायतका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।