काठमाडौं– नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार सरुवासम्बन्धी निर्णय गरेका हुन् ।
सरुवासँगै विभिन्न जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । नयाँ निर्णयअनुसार बाराको प्रहरी प्रमुखको जिम्मेवारी कुमार विक्रम थापाले पाएका छन् भने मोरङमा दिलीपकुमार गिरीलाई पठाइएको छ ।
त्यस्तै, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल, सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी खटिएका छन् ।
बर्दियाको जिम्मेवारी बालनरसिंह राणालाई दिइएको छ । धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण र कैलालीमा यादव ढकालको सरुवा भएको छ ।
यसैगरी पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार, सप्तरीमा रूपक खड्का र दाङमा श्यामु अर्याललाई पठाइएको छ ।
पर्सामा यसअघि काज सरुवा भएका पवनकुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरुवाको निर्णयसँगै जिल्ला प्रहरी नेतृत्वमा फेरबदल भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।