काठमाडौं- प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.सँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले मंगलबार भेट गरेकी छिन् ।
भेटवार्ताका क्रममा विपद्बाट प्रभावित अमेरिकी नागरिक तथा नेपाली समुदायप्रति अमेरिकी सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता अमेरिकी राजदूतले व्यक्त गरेको नेपाल प्रहरीले जनाएको छ ।
यस्तै बोल्डिनले विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिक तथा अन्य पीडितहरूको खोजी, उद्धार र पहिचानमा नेपाल प्रहरीले पुर्याएको योगदानको प्रशंसा गरेकी थिइन् ।
भेटवार्ताका क्रममा विपद् प्रतिकार्य, विपद् पीडित पहिचान तथा सो क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा विस्तृत छलफल तथा कुराकानी भएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।