• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर ९, २०८३ Wed, Nov 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन

64x64
नेपाल लाइभ बुधबार, मंसिर ९, २०८३  ०७:५२
1140x725

नेपाल र पश्चिम एसियाली देशहरूबीचको सम्बन्ध केवल श्रम आपूर्ति र वैदेशिक मुद्रा आर्जनको परम्परागत दायरामा मात्र सीमित छैन, यो दक्षिण एसिया र खाडी क्षेत्रबीचको भूराजनीतिक, आर्थिक तथा सामाजिक अन्तरसम्बन्धको अत्यन्त संवेदनशील सेतु हो। विगत पाँच दशकदेखि विशेषगरी खाडी सहयोग परिषद् अन्तर्गतका राष्ट्रहरू नेपाली श्रम बजारका प्रमुख गन्तव्य रहँदै आएका छन्। 

यस सम्बन्धले एकातिर नेपालको गरिबी न्यूनीकरण, विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्रको स्थायित्वमा आधारभूत योगदान पुर्‍याएको छ भने अर्कोतिर नेपाली अर्थतन्त्रलाई संरचनागत रूपमा श्रम र विप्रेषणमा मात्र अत्यधिक परनिर्भर बनाउने जोखिम पनि सिर्जना गरेको छ। पूर्ववर्ती नीतिगत जडतालाई तोड्दै अब यस सम्बन्धलाई समष्टिगत आर्थिक रूपान्तरण, श्रम सुरक्षा र कूटनीतिक रणनीतिको कसीमा पुनःपरिभाषित गर्नुपर्ने ऐतिहासिक आवश्यकता खडा भएको छ।

पश्चिम एसियासँगको हाम्रो आर्थिक सहकार्यको मेरुदण्ड भनेको रेमिट्यान्स अर्थतन्त्र हो, जसले कुल गार्हस्थ्य उत्पादनको ठूलो हिस्सा ओगटेको छ। तथापि, कच्चा तेलको मूल्यमा हुने उतारचढाव, क्षेत्रीय भूराजनीतिक तनाव, इजरायल-प्यालेस्टाइन संघर्ष लगायतका पश्चिम एसियाली द्वन्द्वहरूले नेपालको बाह्य आर्थिक स्थायित्वलाई प्रत्यक्ष जोखिममा पार्ने गरेका छन्। 

वैदेशिक रोजगारीबाट भित्रिने पुँजी अनुत्पादक क्षेत्र अर्थात् घरायसी उपभोग र जग्गा जमिनको खरिदमा मात्र केन्द्रित हुँदा मुलुक भित्र उत्पादनशील लगानीको आधार कमजोर बनेको छ। तसर्थ, खाडी मुलुकहरूसँगको सम्बन्धलाई केवल अल्पकालीन रोजगारीको माध्यम बनाउने प्रवृत्तिबाट माथि उठेर सार्वभौमिक सम्पत्ति कोषहरूको लगानी भित्र्याउने र ऊर्जा सुरक्षाका साझेदार बन्ने रणनीतिक दूरदर्शिता अपनाउनु अनिवार्य देखिन्छ।

यस पृष्ठभूमिमा नेपालले आफ्नो अर्थतन्त्रलाई जोखिममुक्त बनाउन र पश्चिम एसियासँगको साझेदारीलाई सुदृढ तुल्याउन संस्थागत सुधार, श्रम बजारको विविधीकरण र उत्पादनमुखी अर्थतन्त्रको निर्माणमा गम्भीरतापूर्वक लाग्नुपर्छ। कूटनीतिक नियोगहरूको प्रभावकारिता बढाउँदै शून्य लागतको सिद्धान्तलाई कडाइका साथ कार्यान्वयन गर्नु, दक्ष तथा प्राविधिक जनशक्ति मात्र खाडी पठाउनु र विप्रेषणलाई राष्ट्रिय पुँजी निर्माणमा लगाउनु नै आजको मुख्य मार्ग हो। 

जबसम्म हामी श्रमको मात्र निर्यात गरेर उपभोगको संस्कृतिलाई मात्र प्रश्रय दिइरहन्छौ, तबसम्म राष्ट्रिय अर्थतन्त्र दीर्घकालीन रूपमा परनिर्भर र कमजोर भइरहनेछ। यसैले पश्चिम एसियासँगको सम्बन्धलाई बहुआयामिक आर्थिक साझेदारीमा रूपान्तरण गर्नु नै आजको हाम्रो दूरगामी आर्थिक कूटनीतिको प्रमुख सर्त हो।

श्रम कूटनीति र संस्थागत सुरक्षाका आयाम

नेपाल र पश्चिम एसियाबीचको कूटनीतिक सम्बन्धको सबैभन्दा संवेदनशील र आधारभूत पक्ष श्रम कूटनीति हो, जसले लाखौ नेपाली नागरिकको जीवन, मर्यादा र सुरक्षालाई प्रत्यक्ष रूपमा प्रभावित गर्दछ। कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स लगायतका मुलुकहरूसँग गरिएका द्विपक्षीय श्रम सम्झौताहरू कागजमा सीमित नभई व्यावहारिक कार्यान्वयनको चरणमा पुग्न, कफाला प्रणालीका बाँकी अवशेषहरूलाई चिर्न र श्रमिकको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न नेपालको कूटनीतिक संयन्त्रले उच्चस्तरीय सक्रियता देखाउनु अपरिहार्य छ।

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगारीका नाममा हुने गरेका मानव तस्करी, अवैध एजेन्टहरूको ठगी, नक्कली करार पत्र र अत्यधिक लागत शुल्क असुलीको दुष्चक्रले गर्दा नेपाली युवाहरूले विदेशको भूमिमा अत्यधिक मानसिक तथा शारीरिक पीडा भोग्नु परिरहेको छ। यसलाई अन्त्य गर्न नेपाल सरकारले गन्तव्य मुलुकका सरकारहरूसँगको सहकार्यमा ुरोजगारदाता नै खर्च व्यहोर्नेु नीतिलाई कडाइका साथ लागू गर्नुपर्छ र मध्यस्थकर्ताहरूको दोहनकारी भूमिकालाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने देखिन्छ।

महिला श्रमिकहरूको सुरक्षित आप्रवासन र उनीहरूको अधिकार संरक्षणका लागि राज्यले विशेष कानुनी र व्यावहारिक सुरक्षा कवच तयार गर्नुपर्छ। घरेलु कामदारका रूपमा जाने महिलाहरू माथि हुने गरेका शोषण, हिंसा र आवागमनमा लगाइने प्रतिबन्धहरूलाई द्विपक्षीय कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न नेपालका राजदूतावासहरूलाई थप स्रोतसाधन सम्पन्न, उत्तरदायी र २४ सै घण्टा क्रियाशील बनाउनु पर्दछ।

श्रम बजारमा देखिएका जोखिमहरूलाई न्यूनीकरण गर्न केवल कागजी पत्राचारमा सीमित नभई दुवै देशका प्रतिनिधिहरू सम्मिलित संयुक्त श्रम कार्यदललाई सक्रिय बनाउनु आवश्यक छ। कार्यस्थलको असुरक्षा, अत्यधिक गर्मी, सडक दुर्घटना तथा अन्य स्वास्थ्य कारणले ज्यान गुमाउने नेपाली श्रमिकका परिवारलाई समयमै उचित क्षतिपूर्ति र मृतकको शव स्वदेश फिर्ता गर्ने कार्यलाई अत्यन्त प्राथमिकतामा राखेर कूटनीतिक दबाब सिर्जना गर्नुपर्छ।

दक्ष र अर्धदक्ष जनशक्ति उत्पादनका लागि राज्यले नेपालमै उच्चस्तरीय तालिम केन्द्रहरूको स्थापना गरी पश्चिम एसियाको बदलिदो श्रम बजारको मागअनुसार युवाहरूलाई तयार पार्नुपर्छ। निर्माण, सुरक्षा, आतिथ्य, स्वास्थ्य सेवा र सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति पठाउन सकिएमा नेपाली श्रमिकको पारिश्रमिक र सामाजिक सम्मान दुवैमा उल्लेखनीय वृद्धि हुनेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्ततः श्रम कूटनीतिलाई केवल मन्त्रालयको एउटा सानो साखाको रूपमा नभई नेपालको परराष्ट्र नीतिको सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील हिस्साका रूपमा अंगीकार गर्नुपर्छ। जबसम्म वैदेशिक रोजगारीमा जाने प्रत्येक नागरिकको राज्यले अभिभावकत्व ग्रहण गर्न सक्दैन, तबसम्म बाह्य श्रम बजारबाट प्राप्त हुने आर्थिक लाभ मानवीय मूल्य र राष्ट्रिय स्वाभिमानको तुलनामा सधै महँगो साबित भइरहनेछ।

विप्रेषण व्यवस्थापन र अर्थतन्त्रमा पारेको संरचनागत प्रभाव

नेपालको बाह्य क्षेत्रको अर्थतन्त्र, विदेशी मुद्रा सञ्चिति र भुक्तानी सन्तुलनलाई अड्याउने मुख्य खम्बा पश्चिम एसियाबाट भित्रिने विप्रेषण हो, जसले मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब २७ प्रतिशत हिस्सा ओगटेको छ। यो रकमले लाखौ ग्रामीण परिवारको गरिबी निवारण, शिक्षा, स्वास्थ्य र उपभोग क्षमतामा सुधार ल्याएको भए तापनि यसले अर्थतन्त्रलाई परनिर्भर र उपभोगमुखी बनाएको यथार्थलाई नकार्न सकिदैन।

विप्रेषणको प्रमुख हिस्सा अनुत्पादक क्षेत्र जस्तै घरजग्गा कारोबार र दैनिक उपभोग्य वस्तुको आयातमा खर्च भइरहेका कारण मुलुक भित्र दिगो उद्योग, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनाका अवसरहरू ओझेलमा परेका छन्। वैदेशिक मुद्राको यो बाढीले स्थानीय स्तरमा उत्पादनलाई निरुत्साहित गरी आयातमुखी अर्थतन्त्रलाई मलजल गरेको छ, जुन दीर्घकालीन आर्थिक स्वावलंबनका लागि गम्भीर चुनौती बनेको छ।

बैंकिङ तथा वित्तीय प्रणाली मार्फत औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउनका लागि गरिएका प्रयासहरू सराहनीय भए पनि अझैपनि हुण्डी जस्ता अवैध र अनौपचारिक माध्यमहरू पूर्ण रूपमा नियन्त्रण हुन सकेका छैनन्। यसले राज्यको कर प्रणालीलाई छल्नुका साथै राष्ट्रिय पुँजी निर्माणमा प्रत्यक्ष आघात पुर्‍याइरहेको छ, जसलाई रोक्न कडा मौद्रिक तथा प्रशासनिक नियमनको खाँचो छ।

विदेशबाट फर्किएका श्रमिकहरूसँग भएको पुँजी, सीप र अनुभवलाई राष्ट्रिय विकासको मूल प्रवाहमा जोड्न राज्यले कुनै पनि प्रभावकारी र दीर्घकालीन पुनर्एकीकरण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सकेको छैन। उनीहरूको उद्यमशीलतालाई प्रोत्साहन गर्न सहुलियतपूर्ण ऋण, कर छुट र बजार व्यवस्थापनको भरपर्दो संरचना तयार गर्नुपर्ने अपरिहार्यता रहेको छ।

विप्रेषणमाथिको अत्यधिक निर्भरताले नेपालको अर्थतन्त्रलाई बाह्य झट्काहरूप्रति अत्यन्त संवेदनशील बनाएको छ। पश्चिम एसियाली मुलुकहरूमा आर्थिक मन्दी आएमा, तेलको मूल्यमा गिरावट आएमा वा कडा श्रम नीति परिवर्तन भएमा त्यसको तत्काल नकारात्मक असर नेपालको समष्टिगत आर्थिक सूचकहरूमा पर्ने गर्दछ।

यस चुनौतीलाई अवसरमा बदल्न विप्रेषणबाट प्राप्त पुँजीलाई जलविद्युत्, पर्यटन, कृषि प्रशोधन र ठूला पूर्वाधार निर्माणका परियोजनामा लगानी गर्ने विशेष नीति ल्याउनुपर्छ। प्रवासी नेपालीहरूको बचतलाई सुरक्षित रूपमा परिचालन गर्न ुवैदेशिक रोजगार विकास कोषु वा विशेष सेयर बजारको संरचना निर्माण गरेर अर्थतन्त्रलाई उत्पादनमुखी दिशामा रूपान्तरण गर्नुपर्ने बेला आएको छ।

व्यापार घाटा र आर्थिक कूटनीतिको असीमित सम्भावना

नेपाल र पश्चिम एसियाबीचको आर्थिक सम्बन्धको सबैभन्दा कमजोर पाटो भनेको द्विपक्षीय व्यापार असन्तुलन र व्यापार घाटाको अत्यधिक फराकिलो खाडल हो। पश्चिम एसियाबाट नेपालले पेट्रोलियम पदार्थ, रसायन र औद्योगिक उत्पादनहरू ठूलो मात्रामा आयात गरिरहँदा, त्यसको बदलामा नेपालबाट चिया, कफी, हस्तकला, जडीबुटी र कृषिजन्य उत्पादनहरूको निर्यात अत्यन्त नगण्य मात्रामा हुने गरेको छ।

आर्थिक कूटनीतिको प्रभावकारी उपयोग गर्न नसक्दा नेपालले पश्चिम एसियाली मुलुकहरूको बजारमा आफ्ना मौलिक तथा स्थानीय उत्पादनहरूलाई प्रवर्द्धन गर्न असफल भएको छ। खाडी क्षेत्रका धनाढ्य मुलुकहरूमा जैविक कृषि उपज, प्रशोधित खाद्य पदार्थ र उच्च गुणस्तरका हस्तकलाका वस्तुहरूको ठूलो माग रहे पनि उचित बजारीकरण र गुणस्तर प्रमाणीकरणको अभावमा हाम्रा उत्पादकहरू पछाडि परेका छन्।

पश्चिम एसियाली मुलुकहरूसँग द्विपक्षीय व्यापार सम्झौता विस्तार गर्नुका साथै नेपाली व्यापारी तथा उद्यमीहरूलाई खाडीका व्यापार मेला र प्रदर्शनीहरूमा सहभागी गराएर निर्यातमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो। नेपालका दूतावासहरूलाई कूटनीतिक काममा मात्र सीमित नराखी नेपालमा उत्पादित वस्तुहरूको बजारीकरण गर्ने व्यापार दूतका रूपमा परिचालन गर्नुपर्छ।

लगानीको क्षेत्रमा पनि पश्चिम एसियाका सार्वभौम सम्पत्ति कोषहरूसँग ठूलो पुँजी र प्रविधि उपलब्ध छ, जसलाई नेपालका जलविद्युत्, पर्यटन र आधुनिक पूर्वाधार क्षेत्रमा आकर्षित गर्न सकिन्छ। नेपाल सरकारले लगानीमैत्री नीति, कर छुट र नीतिगत स्थिरताको पूर्ण प्रत्याभूति गराएर खाडीका ठूला लगानीकर्ताहरूलाई नेपाल भित्र्याउन विशेष आर्थिक कूटनीतिक पहलकदमी लिनुपर्छ।

पर्यटन क्षेत्रको विकासका लागि ग्ब्भ्, साउदी अरब र कतारजस्ता देशहरूबाट उच्च आय भएका पर्यटकहरूलाई नेपालको प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र धार्मिक स्थलहरूतर्फ आकर्षित गर्न विशेष पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्नुपर्छ। यसबाट नेपालको वैदेशिक मुद्रा आर्जनको दायरा फराकिलो हुनुका साथै व्यापार घाटालाई केही हदसम्म संतुलित गर्न मद्दत पुग्छ।

अन्ततः पश्चिम एसियासँगको सम्बन्धलाई केवल श्रमिक पठाउने र रेमिट्यान्स लिने परम्परागत दायराबाट मुक्त गरी द्विपक्षीय व्यापार, प्रत्यक्ष वैदेशिक लगानी र प्रविधि हस्तान्तरणमा आधारित बहुआयामिक आर्थिक साझेदारीमा बदल्नुपर्छ। जबसम्म नेपालले व्यापार र लगानीको यो सन्तुलन कायम गर्न सक्दैन, तबसम्म हाम्रो आर्थिक सम्बन्ध परनिर्भरताको चक्रबाट बाहिर निस्कन सक्दैन।

भूराजनीतिक तनाव, क्षेत्रीय सुरक्षा र नेपालको परराष्ट्र नीति

पश्चिम एसियाली क्षेत्र पछिल्लो समयमा गम्भीर भूराजनीतिक द्वन्द्व, इजरायल(प्यालेस्टाइन युद्ध, इरान र खाडी राष्ट्रहरूबीचको सामरिक प्रतिस्पर्धाको केन्द्र बन्दै गएको छ। यस संवेदनशील क्षेत्रमा उत्पन्न हुने राजनीतिक र सामरिक अस्थिरताले त्यहाँ कार्यरत लाखौ नेपाली नागरिकको जीवनरक्षा, रोजगारी र सुरक्षामाथि प्रत्यक्ष र गम्भीर खतरा निम्त्याउने गरेको छ।

नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिको मर्म अनुसार पश्चिम एसियाका सबै मुलुकहरूसँग सन्तुलित, मैत्रीपूर्ण र समान दूरीको सम्बन्ध कायम गर्नु नेपालको कूटनीतिक अपरिहार्यता हो। क्षेत्रीय द्वन्द्वमा कुनैपनि सामरिक गुटको पक्ष नभई विश्व शान्ति, मानवअधिकार र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै नेपालले तटस्थ तर मानवीय रूपमा संवेदनशील परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ।

द्वन्द्वग्रस्त क्षेत्रहरूमा रहेका नेपाली नागरिकको तथ्याङ्क अद्यावधिक गर्ने, आपत्कालीन उद्धार कार्यका लागि विशेष कोष र कार्यदल तयार पार्ने तथा दूतावास मार्फत सुरक्षित आश्रयस्थलहरूको व्यवस्था गर्ने कार्यलाई सरकारले स्थायी रणनीतिको रूपमा अगाडि बढाउनुपर्छ। लेबनान, इजरायल वा इराकजस्ता क्षेत्रमा तनाव चर्किदा नेपाली राज्यको उपस्थितिले नागरिकको जीवनरक्षामा पार्ने प्रभाव अत्यन्त निर्णायक हुन्छ।

संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा पश्चिम एसियाको शान्ति प्रक्रिया, प्यालेस्टाइनको न्यायोचित अधिकार र मध्यपूर्वको स्थिरताका पक्षमा नेपालले स्पष्ट, न्यायसंगत र शान्तिवादी अडान राख्नुपर्छ। नेपालको शान्ति सेनाले युनिफिल लगायतका मिसन मार्फत लेबनान र अन्य क्षेत्रमा पुर्‍याएको योगदानले नेपालको कूटनीतिक प्रतिष्ठालाई उच्च बनाएको छ, जसलाई थप सुदृढ गर्नु पर्छ।

खाडी मुलुकहरूमा हुने नीतिगत परिवर्तन, आप्रवासन कानुनको कसी र तेल अर्थतन्त्रमा आउने फेरबदलले नेपाली श्रमिकको भविष्यमा पार्ने प्रभावलाई पूर्वअनुमान गर्न सक्ने गरी नेपालको परराष्ट्र मन्त्रालय भित्र एउटा विशेष रणनीतिक अनुसन्धान तथा पूर्वचेतावनी सेलु स्थापना गर्नुपर्छ। यसले वैदेशिक रोजगारीका सम्भावित जोखिमहरूलाई समयमै पहिचान गरी वैकल्पिक गन्तव्यहरूको खोजी गर्न राज्यलाई मार्गदर्शन गर्नेछ।

संक्षेपमा भन्नुपर्दा, पश्चिम एसियासँगको सम्बन्धमा अब केवल श्रम निर्यातको चस्माले हेरेर पुग्दैनस यसलाई मध्यपूर्वको जटिल भूराजनीतिक यथार्थ र नेपालको राष्ट्रिय सुरक्षा हितको कसीमा दाँजेर हेर्नुपर्छ। राष्ट्रिय सार्वभौमिकता, आर्थिक हित र नागरिकको सुरक्षालाई केन्द्रबिन्दुमा राखेर चालिने परिपक्व कूटनीतिक कदम नै आजको समयको सबैभन्दा ठूलो माग हो।

निष्कर्ष : के यो सम्बन्ध दिगो छ ?

नेपाल र पश्चिम एसियाबीचको वर्तमान सम्बन्धलाई गहिरिएर विश्लेषण गर्दा, यो सम्बन्ध संरचनात्मक रूपमा ‘दीगो’ भन्दा पनि अत्यधिक मात्रामा परनिर्भर र जोखिमयुक्त रहेको स्पष्ट देखिन्छ। एकातिर नेपालमा आन्तरिक रोजगारी सिर्जना गर्न असफल हुँदा सिर्जित युवा बेरोजगारीको चापलाई पश्चिम एसियाली श्रम बजारले तात्कालिक रूपमा समाधान गरे पनि, अर्कोतिर यो सम्बन्ध मानवीय पसिना र बाह्य अर्थतन्त्रको अस्थिरतामा टिकेको छ। गन्तव्य मुलुकको आर्थिक चक्र, तेलको मूल्य, राजनीतिक द्वन्द्व र कडा आप्रवासन नीतिमा आउने सामान्य फेरबदलले समेत नेपालको समष्टिगत अर्थतन्त्रलाई धराशायी बनाउने क्षमता राख्ने हुनाले यसलाई पूर्ण रूपमा दिगो मान्न सकिदैन।

तथापि, यस सम्बन्धलाई दिगो, सुरक्षित र फलदायी बनाउने पूर्ण सम्भावनाहरू अझै पनि विद्यमान छन् यदि राज्यले आफ्नो नीतिगत प्राथमिकतामा दूरगामी सुधार गर्न सके। वैदेशिक रोजगारीलाई मात्र अन्तिम विकल्प नबनाई स्वदेशमै उत्पादनमूलक क्षेत्र, कृषि, पर्यटन र साना उद्योगहरूमा ठूलो लगानी गरेर रोजगारी सिर्जना गर्ने हो भने खाडीमाथिको यो अति(निर्भरता क्रमशः घटाउन सकिन्छ। साथै, खाडीको पसिनाबाट आर्जित पुँजीलाई अनुत्पादक उपभोगमा सिध्याउनुको सट्टा दीर्घकालीन विकासका पूर्वाधारहरूमा लगानी गर्ने हो भने मात्र यो सम्बन्ध नेपालको आर्थिक समृद्धिको वास्तविक मेरुदण्ड बन्न सक्छ।

अन्ततः नेपाल र पश्चिम एसियाबीचको सम्बन्धलाई ुश्रम बेच्ने र रेमिट्यान्स भित्र्याउनेु अल्पकालीन परजीवी सम्बन्धबाट माथि उठाएर, यसलाई ऊर्जा, व्यापार, प्रविधि र पुँजी लगानीको ‘द्विपक्षीय रणनीतिक साझेदारी’मा रूपान्तरण गर्नु आजको राष्ट्रिय आवश्यकता हो। यदि समयमै नेपालले श्रम बजारको विविधीकरण, कूटनीतिक सुदृढीकरण र आन्तरिक उत्पादन क्षमताको विकास गर्न सकेन भने, वर्तमान विप्रेषणमुखी अर्थतन्त्रको संरचना भोलिका दिनमा गिजोलिन र संकटको कारक बन्नेछ। तसर्थ, रणनीतिक दूरदर्शिता, राजनीतिक इच्छाशक्ति र प्रभावकारी आर्थिक कूटनीतिको संयुक्त प्रयोगद्वारा मात्र यो सम्बन्धलाई दीर्घकालीन रूपमा दिगो र राष्ट्रिय हित अनुकूल बनाउन सकिन्छ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  ०७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन
सिड्नीमा एकै गाडीमा सातवटा विद्युतीय उपकरण जडान, चालकलाई प्रहरीको कारबाही
सन् २०२८ कोपा अमेरिका पनि अमेरिकामै हुने
सम्बन्धित सामग्री
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल र पश्चिम एसियाली देशहरूबीचको सम्बन्ध केवल श्रम आपूर्ति र वैदेशिक मुद्रा आर्जनको परम्परागत दायरामा मात्र सीमित छैन, यो दक्षिण ए... बुधबार, मंसिर ९, २०८३
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ विकास र समृद्धिको मुख्य मुद्दालाई सम्बोधन गर्दै थाँती रहेका सीमा समस्यालाई दुई देशका सरकारी संयन्त्रमार्फत समाधान खोज्ने प्रयास भएको... मंगलबार, मंसिर ८, २०८३
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण अहिले देखिएको लोकप्रियता र उत्साहलाई दीर्घकालीन विश्वासमा बदल्ने जिम्मेवारी प्रधानमन्त्री शाहकै हो । भारतसँगको सम्बन्धलाई सन्तुलित ब... सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन बुधबार, मंसिर ९, २०८३
सिड्नीमा एकै गाडीमा सातवटा विद्युतीय उपकरण जडान, चालकलाई प्रहरीको कारबाही बुधबार, मंसिर ९, २०८३
सन् २०२८ कोपा अमेरिका पनि अमेरिकामै हुने बुधबार, मंसिर ९, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही बुधबार, मंसिर ९, २०८३
महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित) मंगलबार, मंसिर ८, २०८३
नेपालमै विकसित ‘सेल ब्रोडकास्ट’ प्रणालीको पहिलो प्राविधिक परीक्षण सफल मंगलबार, मंसिर ८, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्