काठमाडौं - निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतमा हुंदैछ ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ हुन लागेकाे हाे ।
आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि उनले आईजीपीमै पुनर्वाहलीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
कार्कीलाई सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि आईजीपीमा बढुवा गरिएका डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै यसअघि साेमबार कार्कीको मुद्दाका पेसी तोकिए पनि स्थगित भएकाे थियोे ।
।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।