काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम-१ बाट कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् ।
श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुलाई ९२० मतले पराजित गर्दै राई विजयी भएका हुन् ।
राईले १४ हजार ५४३ मत ल्याए भने लिम्बुले १३ हजार ६३२ मत पाए । तेस्रो स्थानमा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत पाए भने रास्वपाका विमल गदालले ९ हजार १६० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।