काठमाडौं– नेपाली कांग्रेशका उम्मेदवार उदयशमशेर जबराले ललितपुर १ मा अग्रता कायम गरेका छन् । मतगणनाको प्रारम्भिक नजिताअनुसार उनले ५२२ मत ल्याएका छन् ।
उदयलाई नेकपा एमालेका चेतनाथ सञ्जेलले २६९ मत ल्याएर पछ्याइरहेका छन् । यहाँ अन्य ठाउँहरूको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टी केही कमजोर देखिएको छ।
रास्वपाका बुद्धरत्न महर्जनले जम्मा १२२ मत ल्याएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जन र उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले समान २३/२३ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।