झापा– ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीभन्दा चार गुणा बढी मतका साथ अगाडि रहेका छन् ।
यो समाचार तयार गर्दासम्मको विवरणअनुसार बालेनले ५ हजार २५४ मत ल्याएका छन् भने ओलीले १ हजार २४८ मत ल्याएका छन् ।
त्यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामङले ३२५ तथा नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १८५ मत ल्याएकी छन् भने नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १२९ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।