काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणबारे नेपाल र चीनबीच प्रारम्भिक छलफल सुरु भएको छ। चिनियाँ पक्षले उपयुक्त मिति प्रस्ताव गरेमा भ्रमण आगामी जनवरीमै हुन सक्ने सरकारी अधिकारीहरूले बताएका छन्।
प्रधानमन्त्रीको भारत भ्रमणअघि नेपाल आएका चिनियाँ राजदूत चाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईलगायतसँग भेट गरी प्रधानमन्त्री शाहलाई छिट्टै स्वागत गर्न बेइजिङ तयार रहेको सन्देश दिएका थिए।
राजदूतले भ्रमणको निश्चित मिति भने प्रस्ताव गरेका छैनन्। तर, फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअघि नै भ्रमण गराउन चीन इच्छुक रहेको संकेत दिएका छन्।
भारत भ्रमणपछि प्रधानमन्त्री शाह पनि चीन जान सकारात्मक रहेको एक मन्त्रीले बताएका छन्। उनका अनुसार नेपाल अहिले चिनियाँ पक्षबाट औपचारिक मिति प्रस्ताव हुने प्रतीक्षामा छ।
चीनले मिति प्रस्ताव गरेपछि त्यसअनुसार भ्रमणको औपचारिक तयारी अघि बढाइने सरकारको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।