काठमाडौं– चार डिसेम्बरदेखि नेपालमा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप छनोटको प्ले अफका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा लामिछानेका साथै आशिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देशव खनाल, कुशल भुर्तेल, रासिद खान, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम रहेका छन् ।
क्यानले लगातार फ्लप रहेका खेलाडीलाई समेटेको छ भने फर्ममा रहेका सोमपाल कामीलाई टिममा समावेश गरिएको छ । लगातार खराब फर्ममा रहेका आशिफ शेख, कुशल भुर्तेल लगायतका खेलाडी टोलीमा अटाउँदा सोमपाल भने अटाएनन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।