जुम्ला - झारफुक गरी निको पार्छु भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जुम्लाको गुठिचौर गाउँपालिका–१ निवासी कालीबहादुर रोकाया रहेका छन्। उनी सोही स्थानकी अन्दाजी १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरी निको पार्छु भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएका थिए।
प्रहरीका अनुसार प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले रोकायालाई आफ्नै घरबाट पक्राउ गरेको हो।
पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय, जुम्लामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।