मकवानपुर - इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्तामा श्रीमान्बाट कुटिएकी श्रीमतीको मृत्यु भएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रमेश पाख्रिनलाई पक्राउ गरेको छ।
मृत्यु हुनेमा गोठभित्ता निवासी ३५ वर्षीया रुकु पाख्रिन रहेकी छन्। श्रीमान् पाख्रिनले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रुकुको मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
प्रहरीका अनुसार मंसिर ११ गते राति करिब ९ बजे श्रीमान्–श्रीमतीबीच झैझगडा भएको जानकारी स्थानीयमार्फत प्राप्त भएको थियो।
प्रहरी घटनास्थलमा पुगेर बुझ्दा रुकु घरभित्रको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक जानकारीअनुसार रमेशले मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्दा उनी अचेत भएकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।