Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने

64x64
नेपाल लाइभ शनिबार, मंसिर १२, २०८३  १७:३५
1140x725

सुर्खेत– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने भएका छन् । आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले शनिबार कर्णाली प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा उद्घाटन कार्यक्रम र प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नेपाल सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कानुनमन्त्री सोविता गौतम र महिला, बालबालिकामन्त्री सीता वादी सहभागी थिए ।

त्यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही, सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, बोर्ड सदस्यहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै सुरु भइसकेका छन् । मंसिर ८ गतेदेखि विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन भइरहेका छन् । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन् ।

३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार पौडी र शारीरिक सुगठनसहितका खेलबाट ६६ पदकको टुंगो लाग्नेछ ।

फ्लडलाइटदेखि कभर्डहलसम्मका योजना

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले दशौँ राष्ट्रिय खेलकुदका क्रममा कर्णाली प्रदेश रङ्गशालामा फ्लडलाइटको आवश्यकता महसुस भएको बताएका छन् । रातिको समयमा पनि खेल सञ्चालन गर्न सकिने गरी रङ्गशालामा फ्लडलाइट जडान गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षमै नेपाल सरकारको सहरी विकास मन्त्रालयमार्फत फ्लडलाइट जडानको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । त्यसका लागि प्राविधिक टोलीसमेत रङ्गशालामा पुगिसकेको उनले बताए ।

Ncell 2
Ncell 2
nimb
nimb

‘चालु आर्थिक वर्षमै नेपाल सरकारको सहरी विकास मन्त्रालयमार्फत फ्लडलाइट जडानको प्रक्रिया अगाडि बढेको छ । आजै प्राविधिकहरू पनि यस रङ्गशालामा आइपुग्नुभएको छ,’ उनले भने ।

मेहताले कर्णालीमा २५ देखि ३० करोड रुपैयाँ लगानीमा कभर्डहल निर्माण गर्ने योजना पनि सार्वजनिक गरे । त्यसका लागि जग्गा खोजी भइरहेको र स्थानीय सरकारसँग जग्गा उपलब्ध गराउन आग्रह गरिएको उनले बताए ।

‘कभर्डहल निर्माणका लागि पनि जग्गाको खोजी भइरहेको छ । स्थानीयस्तरमा नगरप्रमुखसँग र यहाँको सरकारसँग मैले जग्गा उपलब्ध गराइदिन आग्रह गरेको छु । त्यसमा पनि जग्गा प्राप्त हुने अवस्था भइसकेको छ,’ उनले भने ।

उनका अनुसार जग्गा प्राप्त भएपछि कभर्डहल निर्माणका लागि चालु आर्थिक वर्षमै टेन्डर प्रक्रिया सुरु गरिनेछ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी क्रिकेट रङ्गशाला निर्माणका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको मेहताले जानकारी दिए । 

उक्त बजेट क्रिकेट रङ्गशालाको संरचना निर्माण तथा खेलकुदका आवश्यक पूर्वाधार तयार गर्न खर्च गरिने उनको भनाइ छ । यसका लागि पनि सहरी विकास मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने प्रयास भइरहेको उनले बताए ।

कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुद

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको राष्ट्रिय खेलकुदका अधिकांश खेल सुर्खेतमा सञ्चालन भइरहेका छन् । 

पूर्वाधार अभावका कारण केही खेल लुम्बिनी प्रदेशका बाँके र बर्दियामा पनि आयोजना गरिएका छन् । प्रतियोगिताका विभिन्न खेल अन्य जिल्लाका खेलस्थलमा समेत सञ्चालन भइरहेका छन् ।

प्रतियोगिताका लागि खेलस्थल, खेलाडीको आवास, खानपान, यातायात, स्वास्थ्य सेवा र सुरक्षाको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । उद्घाटन समारोहमा कर्णालीका विभिन्न जिल्लाको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परा झल्किने सांस्कृतिक प्रस्तुति राख्ने तयारी गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगिताको समापन मंसिर २७ गते हुनेछ । प्रतियोगिताले कर्णालीमा खेलकुदको विकास र खेल पूर्वाधार विस्तारका लागि अवसर सिर्जना गरेको छ । 

प्रतियोगिताका क्रममा देखिएका पूर्वाधारका आवश्यकता सम्बोधन गर्न फ्लडलाइट, कभर्डहल र क्रिकेट रङ्गशाला निर्माणका योजना अघि बढाइएको परिषद्का सदस्यसचिव मेहताले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
झारफुकबाट निको पार्ने दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल बनाउने झाँक्री पक्राउ
सम्बन्धित सामग्री
प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले शनिबार कर्णाली प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा उद्घाटन कार्यक्रम र प्रतियोगिताक... शनिबार, मंसिर १२, २०८३
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) विभिन्न नौ खेल विधामा प्रतिस्पर्धा हुँदैछ । शनिबार, मंसिर १२, २०८३
महिला बास्केटबलमा दोस्रो दिन चार खेल, पुलिसदेखि बागमतीसम्म विजयी बुधबार भएका चार खेलमध्ये मधेश प्रदेशले दुवै विधामा पराजय व्यहोरेको छ । महिला बास्केटबलका दुवै विधामा प्रतिस्पर्धा जारी रहेको छ । बुधबार, मंसिर ९, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
झारफुकबाट निको पार्ने दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल बनाउने झाँक्री पक्राउ शनिबार, मंसिर १२, २०८३
साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने प्रयास जारी: प्रचण्ड शनिबार, मंसिर १२, २०८३
अफगानिस्तानको विद्यालयमा विस्फोट, सात बालबालिकासहित १० जनाको मृत्यु शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्