काठमाडौं – रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्।
आफूले दुवै नेतालाई चुनावमा रास्वपाका विजयका लागि बधाई र नयाँ सरकार गठनका लागि शुभकामना दिएको मोदीले जनाएका छन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग न्यानो टेलिफोन वार्ता भयो,’ मोदीले एक्समा लेखेका छन्, ‘दुवै नेताहरूलाई उहाँहरूको चुनावी विजय र नेपालको चुनावमा रास्वपाको सानदार सफलताको लागि बधाई दिएँ। आपसी समृद्धि, प्रगति र कल्याणको लागि उहाँहरुसँग काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेँ।’
‘मलाई विश्वास छ– हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्ध नयाँ उचाइमा पुग्नेछ,’ मोदीले थपेका छन्।
यसअघि मोदीले निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण समापन भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका थिए।
चुनावकै दिन भारतीय विदेश मन्त्रालयले शान्तिपूर्ण मतदानको स्वागत गर्दै नयाँ सरकारसँग मिलेर काम गर्ने जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।