काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पराजयपछि आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिएका छन् ।
उनले आफू उठेको निर्वाचन क्षेत्र सर्लाही– ४ बाट विजयी भएका अमरेशकुमार सिंहलाई बधाईसमेत दिएका छन् ।
साथै, उनले सर्लाही– ४ मा देखेका समस्या समाधान गर्न प्रयास गर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।