काठमाडौँ - अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरिरहेको आरोपमा प्रहरीले टोखा नगरपालिका–१ भण्डारेबाट एक जनालाई नियन्त्रणमा लिएको छ।
अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धादिङको सिद्धलेक गाउँपालिका–२ घर भई हाल काठमाडौँको टोखा बस्ने लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा अखाद्य पदार्थ मिसावट गरिएको भनिएको १५ बाल्टिन मह फेला पारी नियन्त्रणमा लिएको दाबी गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।