• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर ९, २०८३ Wed, Nov 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ?

64x64
नेपाल लाइभ बुधबार, मंसिर ९, २०८३  १८:५६
1140x725

काठमाडौं– पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । तर, सर्वोच्चले उनको रिटलाई सामान्य प्रक्रियामा सीमित नराखी शीघ्र सुनुवाइ गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार कार्कीको मागबमोजिम तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो ।

चेन अफ कमान्डको संवेदनशीलता मुख्य आधार

सर्वोच्चले अन्तरिम आदेश जारी नगर्नुको सट्टा रिटको छिटो सुनुवाइमा जोड दिएको छ । प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली अर्थात् चेन अफ कमान्डसँग सम्बन्धित विषयको महत्त्व, गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गर्दै मुद्दाको शीघ्र निरूपण आवश्यक रहेको अदालतको ठहर छ ।

यसका लागि विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा त्यसका लागि तोकिएको अवधि समाप्त भएपछि सात दिनभित्रै मुद्दा पेसीमा चढाउन आदेश दिइएको छ । साथै, पेसी नहटाउने पूर्वसूचना दुवै पक्षलाई दिन पनि अदालतले भनेको छ ।

यसको अर्थ सर्वोच्चले कार्कीको मागलाई तत्काल स्वीकार गरेर सरकारको निर्णय रोक्ने बाटो रोजेन । बरु प्रहरी संगठनको नेतृत्वसम्बन्धी विवादलाई लामो समयसम्म अनिर्णीत नराखी छिटो अन्तिम सुनुवाइ गर्ने बाटो अघि बढाएको छ ।

के थियो कार्कीको माग ?

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गत १८ कात्तिकमा मन्त्रिपरिषद्बाट निर्णय गर्दै कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएको थियो । उनको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारको उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेका थिए । उनले आफूलाई आईजीपीबाट हटाएर विशेष सुरक्षा सल्लाहकार बनाउने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गरेका थिए ।

साथै, आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न र नयाँ नियुक्ति पाएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए ।

सरकारले भने कार्कीमाथि कुनै कारबाही नगरिएको र जिम्मेवारी मात्र फेरबदल गरिएको दाबी गर्दै आएको छ । प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धमा आवश्यक सल्लाह, सुझाव र परामर्श दिन आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको सरकारको भनाइ छ ।

अन्तरिम आदेश नआउनुको अर्थ रिट खारेज हुनु होइन

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सर्वोच्चको बुधबारको आदेशले कार्कीको रिटको अन्तिम निरूपण भने गरेको छैन । अन्तरिम आदेश जारी नभए पनि उनले उठाएका कानुनी प्रश्नको अन्तिम टुंगो लाग्न बाँकी नै छ ।

अब विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि सात दिनभित्र मुद्दा पेसीमा चढाउनुपर्नेछ । त्यसपछि हुने सुनुवाइबाट सरकारको निर्णयको वैधानिकताबारे सर्वोच्चले अन्तिम फैसला गर्ने बाटो खुल्नेछ ।

यसरी तत्काल कार्कीलाई पुनर्बहाली गर्ने वा मनोजकुमार केसीको नियुक्ति रोक्ने आदेश नदिएको सर्वोच्चले भने प्रहरी संगठनको नेतृत्वसम्बन्धी विवादलाई प्राथमिकताका साथ छिटो टुंग्याउने संकेत गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ?
आनी छोइङको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
राष्ट्रपति पौडेल अस्पताल भर्ना, एमआरआई र ईसिजी गराइयो
सम्बन्धित सामग्री
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? यसका लागि विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा त्यसका लागि तोकिएको अवधि समाप्त भएपछि सात दिनभित्रै मुद्दा पेसीमा चढाउन आदेश दिइ... बुधबार, मंसिर ९, २०८३
सुनजस्तो देखिने पहेलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरका अनुसार २ किलो ३४८ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित उनीहरू... बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
ताजा समाचारसबै
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
आनी छोइङको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बुधबार, मंसिर ९, २०८३
राष्ट्रपति पौडेल अस्पताल भर्ना, एमआरआई र ईसिजी गराइयो बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीको रिटमा बहस सकियो, अब सर्वोच्चको आदेश के आउला ? बुधबार, मंसिर ९, २०८३
गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगबाट आधिकारिक मान्यता बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित) मंगलबार, मंसिर ८, २०८३
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी बुधबार, मंसिर ९, २०८३
नेपालमै विकसित ‘सेल ब्रोडकास्ट’ प्रणालीको पहिलो प्राविधिक परीक्षण सफल मंगलबार, मंसिर ८, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्