काठमाडौं - नसालु पदार्थ खुवाएर बेहोस बनाई शृङ्खलाबद्ध लुटपाटमा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बुधबार जनाए अनुसार इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरी कानुनबमोजिम अनुसन्धानपछि अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेमा पेस गरेको छ ।
पक्रउ पर्नेमा ओखलढुङ्गा चम्पादेवीकी सङ्गिता तामाङ (कार्की), धुलिखेलका बिरध्वज तामाङ, दोलखा बिगुका नवराज घिमिरे बि.क. र नमोबुद्धका प्रविन सुनुवार रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले सिन्धुपाल्चोक मेलम्चीका गंगा बहादुर गुरुङलाई फकाइ फुलाइ गरी फ्रुटीमा नसालु पदार्थ मिसाई खुवाएर बेहोस बनाएको प्रहरीले दाबी गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।