काठमाडौ - चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकैको मोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन्।
शुक्रबार सांझ मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको जिल्ला कञ्चनपुर, बेलौरीका २५ वर्षीय रमेश चौधरीले चलाएको बा.प्र.०२-०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा मोटरसाइकल चालक चौधरी र पछाडि सवार कञ्चनपुर, पुनर्वास नगरपालिका–६ का मेकबहादुर वाइबा घाइते भएका थिए।
दुवै जनालाई उद्धार गरी प्रहरीले उपचारका लागि सतुङ्गलस्थित एपीएफ अस्पताल पठाइएको थियो। उपचारका क्रममा चिकित्सकले मोटरसाइकल चालक चौधरीलाई मृत घोषणा गरेका थिए।
घाइते वाइबाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।