काठमाडौँ– रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् ।
उनले वामपन्थी धारको पार्टीमा सक्रिय बन्ने उद्देश्यका साथ पार्टी छाडेका हुन् ।
राजीनामासँगै उनले अब ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा पनि गरेका छन् ।
परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको रास्वपा स्रोतले जनाएको छ ।
उनी विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक थिए ।
पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए ।
यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।