पोखरा– पोखराको सभागृहचोकमा बुधबार साझ एक महिल को विभत्स हत्या भएको छ।
बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्।
आक्रमण बाट गम्भीर घाइते भएकी उनी पोखरा ५ जिरो किमी नजिक घर भएका स्व, कृष्ण केसीकी श्रीमती ४२ वर्षीया सिर्जना पौडेल केसी रहेको स्थानीय तीर्थ केसीले जानकारी दिए।
उनि पछिल्लो समय पोखरा महानगरपालिकाको फेवाताल किनारा सेदीमा घर बनाएर बस्दै आएकी थिइन।
हतियार प्रहार गरेपछि ति युवक मोटरसाइकल चढेर भागेका थिए। आक्रमणबाट गम्भीर घाइते भएकी ति महिला घटनास्थलमा चिच्याउदै गर्दा स्थानीय बासिन्दाले उद्धार गरेका थिए।
घटना लगत्तै त्यहाँ पुगेको प्रहरीले स्थानीयको सहयोगमा उनलाई अस्पतालमा लागेको भएपनि डाक्टरले मृत घोषण गरेको कास्कीका प्रहरी परीक्षक एवम् सूचना अधिकारी हरीबहादुर बस्नेत जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।