काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको नाममा १८ तोला सुन, १५ तोला चाँदी, १५ लाख रुपैयाँ नगद रहेको देखाएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनले यस्तो खुलाएकी हुन्।
सीताले घरमा २० वटा कुखुरा र एउटा कुकुर रहेको समेत सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।
उनको ससुरा सुन्दर पुर्कोटीको नाममा काठमाडौँको बूढानीलकण्ठमा रहेको घरजग्गा, सीताको सुर्खेतमा जग्गा, उनका श्रीमान् सुरेश पुर्कोटीको नुवाकोटमा जग्गा रहेको खुलाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।