काठमाडौं– ‘जनादेश पार्टी नेपाल’ को नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । पार्टीको प्रस्तावित संयोजकमा कानून व्यवसायी रमण कर्ण रहेका छन् भने पत्रकार ऋषि धमला संरक्षक छन् ।
संयोजक र केन्द्रीय सदस्य मात्रै राखेर ७५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीमा जेनजी समूहका युवाहरू पनि छन् ।
यस्तै, एलजीबिटीक्यू समुदाय (तेस्रोलिंगी) बाट दुईजना लक्ष्मी घलान र सम्झना कुँवरलाई केन्द्रीय समितिमा स्थान दिइएको छ । ऋषि धमलाकी पत्नी एलिजा गौतम र एमाले त्यागेर जेनजी आन्दोलनमा लागेकी जस्मिन ओझा केन्द्रीय समितिमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।