• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर ६, २०८३ Sun, Nov 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रधानमन्त्री बालेनको भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ दिशा दिने भारतीय कुटनीतिज्ञको तर्क

64x64
नेपाल लाइभ आइतबार, मंसिर ६, २०८३  २०:३८
1140x725

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह बालेनको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन् । नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउन खोजिरहेका बेला हुन लागेको भ्रमणलाई उनले महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका हुन् ।

सचदेवले प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ गति दिनुका साथै सहकार्यका प्राथमिकता स्पष्ट पार्ने बताए । स्वतन्त्र पार्टी नेतृत्वको सरकार गत मार्च २०२६ मा सत्तामा आएपछि प्रधानमन्त्री शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । यसअघि उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाए पनि त्यो बहुपक्षीय भ्रमण थियो । त्यसैले भारत भ्रमणबाट ठोस उपलब्धि हासिल गर्न प्रधानमन्त्री शाहमाथि अपेक्षाको दबाब रहेको सचदेवको भनाइ छ ।

उनले नेपालको नयाँ सरकार युवा नेतृत्वको सरकार भएको उल्लेख गर्दै ३६ वर्षीय प्रधानमन्त्री शाहले भारतसँगको सम्बन्धलाई नयाँ दिशा दिन सक्ने बताए । नेपालमा राजनीतिक परिवर्तनपछि केही पक्षले भारतविरोधी दृष्टिकोणबाट घटनाक्रमलाई व्याख्या गर्न खोजे पनि शाह नेतृत्वको सरकारले सन्तुलित व्यवहार देखाएको उनको टिप्पणी छ ।

सचदेवले भारतले पनि नेपालसँगको परम्परागत निकट सम्बन्धलाई थप गहिरो बनाउन चाहेको बताए । भ्रमणका क्रममा हुने सम्झौता र सहमतिले नेपालको अर्थतन्त्र तथा समाजमा सकारात्मक प्रभाव पार्ने सुनिश्चित गर्न भारत पनि सचेत रहेको उनको भनाइ छ ।

बाढीपछिको पुनर्निर्माणमा २ अर्ब डलर सहयोगको प्रस्ताव

सचदेवले नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीपछि पुनर्निर्माण र दीर्घकालीन पुनःस्थापनालाई भ्रमणको महत्वपूर्ण एजेन्डा मानेका छन् । उनका अनुसार उक्त विपद्मा १ हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको र नेपालले करिब ५ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोरेको छ । यद्यपि, यी तथ्यांक प्रारम्भिक अनुमानका रूपमा लिनुपर्ने देखिन्छ ।

विपद्पछि नेपालले विभिन्न मुलुकसँग सहयोगको आग्रह गरेको र केही मुलुकले प्रतिबद्धता जनाए पनि अधिकांश सहयोग अझै प्राप्त हुन नसकेको उनले बताए । संकटका बेला भारतले तत्काल उद्धार तथा राहत सामग्री उपलब्ध गराएर सहयोग गरेको उल्लेख गर्दै उनले अब नेपालको दीर्घकालीन पुनर्निर्माणमा भारतले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल हुने बताए ।

नेपालले विपद् व्यवस्थापन तथा पुनर्निर्माणका लागि भारतसँग २ अर्ब अमेरिकी डलर सहयोग प्रस्ताव गरेको उल्लेख गर्दै सचदेवले त्यसबारे भारतीय सरकारको निर्णय महत्वपूर्ण हुने बताए ।

Ncell 2
Ncell 2
nimb
nimb

१० हजार मेगावाट विद्युत् उत्पादन र व्यापारको अवसर

नेपालको जलविद्युत् सम्भावनालाई भारतसँगको आर्थिक सहकार्यको अर्को महत्वपूर्ण क्षेत्रका रूपमा उनले प्रस्तुत गरेका छन् । भारतीय लगानीमा नेपालमा जलाशययुक्त आयोजना निर्माण गरी विद्युत् उत्पादन गर्न सकिने र उत्पादित बिजुली दीर्घकालीन विद्युत् खरिद सम्झौतामार्फत भारतमा बिक्री गर्न सकिने उनको भनाइ छ । निजी तथा सरकारी दुवै क्षेत्रबाट आयोजना निर्माण गर्न सकिने उनले बताए ।

उनका अनुसार नेपालमा बाँध निर्माणमार्फत कम्तीमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सम्भावना छ । यसबाट नेपालको आन्तरिक माग पूरा गर्नुका साथै भारतमा विद्युत् निर्यात गरेर अर्थतन्त्रलाई सहयोग पुग्न सक्छ ।

यसअघि नेपाल र भारतबीच सन् २०२४ जनवरी ४ मा आगामी १० वर्षभित्र १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्यसहित २५ वर्षे दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको थियो ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सचदेवले विगतका सरकार राजनीतिक अस्थिरता, गठबन्धनभित्रको मतभेद र स्थानीय अवरोधका कारण जलविद्युत् आयोजनासम्बन्धी निर्णय लिन हिचकिचाउने गरेको बताए । तर, शाह नेतृत्वको सरकारले प्राप्त गरेको बलियो जनादेशले भारतसँगको सम्बन्ध र ऊर्जा सहकार्यका विषयमा निर्णय लिन सहज हुने उनको विश्लेषण छ ।

९ अर्ब डलरको व्यापारमा नेपालको निर्यात बढाउनुपर्ने

नेपाल र भारतबीच वार्षिक करिब ९ अर्ब अमेरिकी डलर बराबरको व्यापार हुने गरेको उल्लेख गर्दै सचदेवले व्यापार नेपालको पक्षमा सन्तुलित नरहेको बताए ।

नेपालले भारतमा वस्तु निर्यात गर्ने अवसर बढाउन चाहेको भन्दै उनले नेपालमै उत्पादनमूलक उद्योग स्थापना गरेर भारतीय बजारमा वस्तु निर्यात गर्न सकिने सम्भावना औँल्याए ।

उनका अनुसार दुई देशबीचका केही स्थानमा रहेका सीमा तथा नक्सासम्बन्धी विवादलाई पनि परिपक्व कूटनीतिक संवादबाट समाधान गर्न आवश्यक छ । नेपालका नयाँ विमानस्थलबाट भारतका विभिन्न गन्तव्यमा हवाई उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्र प्रयोग गर्ने विषय पनि संवेदनशील रहेको उनले बताए । चीनको सहयोगमा निर्माण भएका केही विमानस्थलबाट हुने उडानका विषयमा भारतले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

जनकपुर–अयोध्या रेल सेवा सञ्चालन

सचदेवले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध विस्तारमा जनकपुर–अयोध्या रेल सेवा महत्वपूर्ण हुने बताए । माता सीता र भगवान् रामको जन्मस्थललाई रेलमार्गबाट जोड्ने योजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने उनको भनाइ छ । दुवै देशका प्रधानमन्त्रीले नोभेम्बर २३ मा रेल सेवा उद्घाटन गर्ने तयारी रहेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री शाह नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमणमा रहनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच नोभेम्बर २३ मा द्विपक्षीय वार्ता हुनेछ ।

भारतीय विदेश मन्त्रालयका अनुसार वार्तामा विकास साझेदारी, ऊर्जा, जलविद्युत्, रेलमार्ग, कनेक्टिभिटी, जलवायु परिवर्तन, विपद् प्रतिरोधात्मक क्षमता, पूर्वाधार र प्रविधिलगायतका विषयमा छलफल हुनेछ । भ्रमणका क्रममा सम्पन्न परियोजनाको भर्चुअल उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापार, पारवहन तथा लगानी साझेदार हो । नेपालको कुल प्रत्यक्ष वैदेशिक लगानीमा भारतको हिस्सा करिब एकतिहाइ रहेको छ । त्यसैले शाहको भ्रमणलाई दुई देशबीचको आर्थिक तथा रणनीतिक सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ । (एएनआई)

 

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  २०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माइक्रोबस चोरेको आरोपमा दुई जना पक्राउ
राति पाटनका टोलमा किन पुगे कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्री?
प्रधानमन्त्री बालेनको भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ दिशा दिने भारतीय कुटनीतिज्ञको तर्क
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेनको भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ दिशा दिने भारतीय कुटनीतिज्ञको तर्क भारत नेपालको सबैभन्दा ठूलो व्यापार, पारवहन तथा लगानी साझेदार हो । नेपालको कुल प्रत्यक्ष वैदेशिक लगानीमा भारतको हिस्सा करिब एकतिहाइ र... आइतबार, मंसिर ६, २०८३
बसन्तपुरको जग्गामा मूर्ति शिलान्यासप्रति ललितकला क्याम्पसको आपत्ति क्याम्पस प्रमुख डा. यामप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रारलाई पत्र लेख्दै उक्त जग्गामा भइरहेको निर्माण कार्य रोक्न र... आइतबार, मंसिर ६, २०८३
नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति आइतबार, मंसिर ६, २०८३
ताजा समाचारसबै
माइक्रोबस चोरेको आरोपमा दुई जना पक्राउ आइतबार, मंसिर ६, २०८३
राति पाटनका टोलमा किन पुगे कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्री? आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ दिशा दिने भारतीय कुटनीतिज्ञको तर्क आइतबार, मंसिर ६, २०८३
बहराइनमा इरानी आक्रमण : दुई जना घाइते, साउदी, यूएई र कतारद्वारा निन्दा आइतबार, मंसिर ६, २०८३
भारत ‘ए’लाई पाकिस्तान ‘ए’ले दियो ३१४ रनको लक्ष्य, टसमा पनि भएन हात मिलान आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
रिजन ढकालले पाए कार शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्