काठमाडौं– इरानले बहराइनमा गरेको आक्रमणमा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना बहराइनी र अर्का पाकिस्तानी नागरिक रहेको बहराइनको गृह मन्त्रालयले जनाएको छ ।
बहराइनका अनुसार शनिबार इरानले एक औद्योगिक क्षेत्रमा आक्रमण गरेको थियो । तर इरानको रिभोलुसनरी गार्ड्सले भने बहराइनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ फ्लीट तैनाथ छ ।
घटनापछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारले इरानी आक्रमणको निन्दा गरेका छन् ।
साउदी अरबले बहराइनको सुरक्षा र स्थायित्व कायम गर्ने प्रयासमा पूर्ण समर्थन रहने जनाएको छ । यूएईले आक्रमणलाई बहराइनको सार्वभौमिकतामाथिको उल्लंघन भनेको छ ।
त्यस्तै, कतारले पनि बहराइनको औद्योगिक क्षेत्रमा भएको आक्रमणको निन्दा गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।