• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’

उत्तम सापकोटा शनिबार, भदौ ७, २०८२  १८:२७
1140x725

“हृदयका आफ्नै कारणहरू हुन्छन्, जसलाई तर्कले थाहा पाउँदैन ।”,  ब्लेस पास्कलले कतै भनेका छन् । हाम्रो समाजमा अर्को दार्शनिक चिन्तन पनि छ– ‘अपराध शरीरको होइन, मनको पनि हुन्छ ।’  प्रेमका सन्दर्भमा मान्छे शरीरको दास कि मनको भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । जहाँ प्रेमको प्रसङ्ग आउँछ, त्यहाँ तर्कले खासै स्थान पाउँदैन । जहाँ तर्कले जित्न खोज्छ, त्यहाँ  सम्झौता हुन्छ र प्रेम मर्छ । तर्कले अभिमानी बनाउँछ, अभिमानले एक्लो । अर्कातर्फ नेपाली समाजमा पछिल्लो चरणमा विवाहेतर सम्बन्धका बहुआयामिक प्रभाव देखिएका छन् । विवाहेतर सम्बन्धलाई लिएर सन् २०१८ मा प्रकाशन भएको यौनिक अनुसन्धानात्मक एउटा जर्नलमा उल्लेख गरिएको छ कि ‘पुरुषले यस्तो सम्बन्ध भावनात्मक असन्तुष्टि र यौनजन्य निराशा वा नरमाइलोपनका कारण अगाडि बढाउँछ ।’ यी माथिका प्रसङ्गले वसन्त चौधरीद्वारा लिखित ‘देवयानी’ उपन्यासको विषयवस्तुलाई पुष्टि गर्न भरमग्दुर बल दिन्छन् । 

काल्पनिकता र यथार्थको कान्छो गद्याख्यान विधा हो उपन्यास । यसले समाज, संस्कृति, मनोविज्ञान, राजनीति, प्रेम आदि विविध पक्ष समेटेर पात्रहरूको मानसिकता गहन ढङ्गले चित्रण गरेको हुन्छ । यस्तै पृष्ठभूमिमा काव्यिक सिर्जनाबाट अगाडि बढ्दै आख्यान क्षेत्रमा प्रवेश गरेका चौधरीको ‘देवयानी’ उपन्यासमा प्रेम र त्याग, प्रेम र भ्रम तथा प्रेम र आकर्षणको द्वन्द्व चित्रण भएको छ । यस  उपन्यासमा विवाहेतर सम्बन्ध र त्यसका विविध पक्षहरूको चित्रण रहेको छ ।

कुनै पनि लेखनमा सर्जकको व्यक्तित्वको प्रभाव पर्छ कि पर्दैन भन्ने विषय पनि प्रस्तुत उपन्यासको विवेच्य पक्ष हो । यहाँ पात्र चयन र भाषाशैलीमा सर्जकको व्यक्तित्वको प्रत्यक्ष प्रभाव देखिन्छ । आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेको प्रेम सम्बन्ध र त्यसको निष्कर्ष नै उपन्यासको मूल विषयवस्तु रहेको छ । उपन्यासमा कवि चौधरीको कवि व्यक्तित्व मुखर भएर प्रकट भएको छ भने उनको पेसागत जीवनको व्यक्तित्व पनि पात्रमा प्रतिबिम्बित छ । 

उपन्यासले सहरी सम्रान्त र कुलीन पारिवारिक परिचय प्रस्तुत गरेको छ । एउटा शिक्षित, संस्कारी र सम्पन्न परिवारमा जन्मिएका र हुर्किएका पात्रहरूको सोच र गतिविधि भने संस्कारयुक्त देखिँदैन । वसनायुक्त मानसिकतालाई प्रेमको उपमा दिइएको हो कि भन्ने छनक उपन्यासमा देखिन्छ । उपन्यासको कथावस्तु विवाहित पुरुष पात्र आदित्यको व्यावसायिक प्रयोजनका कारण भेटिएकी देवयानीसँगको भेटबाट प्रारम्भ हुन्छ । वृद्धावस्थाको आदित्य ठोरी गाउँको चिया पसलमा पुगेर आफ्ना पुराना यादहरू सम्झने क्रमबाट उपन्यासको कथावस्तु अगाडि बढेको छ ।

कर्पोरेट क्षेत्रमा ख्याति कमाएको आदित्यको व्यावसायिक कामकै सिलसिलामा आर्किटेक्ट देवयानीसँग परिचय हुन्छ । यो परिचय व्यावसायिकतामा मात्र सीमित रहँदैन । वनमा फैलिने वनमारा झार झैँ जीवनका राता ट्राफिक सङ्केतहरूको पूर्णतः बेवास्ता गरेर यो सम्बन्ध अघि बढ्छ । आफ्नो वास्तविकता लुकाएर नजिकिएको देवयानीसँगको आदित्यको प्रेम नामधारी सम्बन्धका बारेमा देवयानी स्वयं स्विकार्छे । जब मानसिक र शारीरिक सम्बन्धको उत्कर्षमा उनीहरू पुग्छन्, उनीहरू दुवै बाँकी जीवनका लागि चिन्तित देखिन्छन् । देवयानी विवाहका लागि दबाब दिन्छे र उसको सर्त आदित्यकी पत्नी माधवीसँग आदित्यको सम्बन्ध विच्छेद हुनुपर्छ भन्ने छ भने आदित्य पारिवारिक दायित्वका कारण पारपाचुके नगरी यथास्थितिमा विवाह गर्न चाहन्छ ।

यही अन्तर्द्वन्द्वमा पात्रहरू सिंगापुर र भारतको भ्रमणका लागि धकेलिन्छन् जहाँ देवयानीले विकल्प भेट्छे भने आदित्यले आफ्नै चाहनाअनुसार पूर्ववत् जीवन पाउँछ । यहाँ दुवैको प्रेमभन्दा पनि आकर्षण ज्यादा भएकाले सम्बन्ध अगाडि बढ्न सक्दैन । आदित्य र देवयानी दुवै जना यथार्थ र सम्भावित भविष्यप्रति जानकार हुँदाहुँदै गाँसिएको सम्बन्ध भएकाले यसलाई प्रेम सम्बन्ध नै भन्नु उपयुक्त ठहरिँदैन । यही आकर्षणको सम्बन्धलाई अन्त्य गर्दै देवयानी विक्रान्तसँग जीवन काट्ने निष्कर्ष सुनाउँछे भने आदित्य देवयानीलाई उसकै सर्तअनुसार पत्नी बनाउन नसकेकामा पश्चाताप गर्दैन र उपन्यासको कथावस्तु टुङ्गिन्छ ।

उपन्यासको कथानक वर्णनात्मक शैलीमा अघि बढेको छ । बिच बिचमा पूर्वदीप्ति शैली आए पनि यो मूलतः आदि, मध्य र अन्त्यको रैखिक ढाँचामा नै संरचित छ । करिब ७० वर्षको आसपासमा पुगेको आदित्य ठोरीमा पुगेर चियापसले रामचन्द्रको प्रश्नबाट विगततर्फ मोडिन्छ । आकर्षक व्यक्तित्वको धनी आदित्य आफ्नो व्यावसायिक क्षेत्रमा सुपरिचित नाम हो । कुनै होटलमा पहिलोपल्ट देवयानीसँग भेटेर व्यावसायिक सहकार्य गर्दै जान्छ ।

यसरी व्यावसायिक सहकार्य गर्दै जानु, देवयानीको जन्मदिनमा सहभागी हुनु, एकअर्काप्रति आकर्षित बन्नु, देवयानी कामकै सिलसिलामा युरोप पुग्नु, नेपालमा रहँदा आदित्यको प्रोजेक्ट साइटमा दुवै जना सँगसँगै जानु, फिल्डमा सँगसँगै जानु, नयाँ नयाँ ठाउँमा घुम्नु, दुवै जना निकै निकट हुनु, देवयानीको बिहेका लागि घरमा कुरा चल्नु, देवयानी र आदित्य एकअर्काको प्रेममा पर्नु र दुवैले प्रेम स्वीकार गर्नु, उनीहरू अम्बालिका मन्दिर गइरहनु, आदित्यले बारम्बार केही भन्ने चाहना राख्नु, रमाइलो वातवरणमा दुःखी हुने कुरा नबताउन आग्रह गर्नु, देवयानी पेरिस जानु, आदित्यले माधवीसँगको विवाहको प्रसङ्ग सम्झनु, आदिति जन्मिएकी कुरा सम्झनु, आदित्य र देवयानी गहिरो प्रेम सम्बन्धमा पुग्नु, माधवीले आदित्यको व्यवहारमा फरक पाउनु, आदित्यसँग माधवीको दूरी बढ्दै जानु, देवयानीले आदित्यको पहिलेको जीवनसँग आफ्नो कुनै सरोकार नरहेको बताउनु, देवयानीले आदित्यसँग विवाह गर्नका लागि कुरा गर्नु, माधवीको डायरी आदित्यले पढ्नु, आदित्यमा बेचैनी बढ्दै जानु, आदित्यसँगको सम्बन्धका बारेमा देवयानीका परिवारले पनि थाहा पाउनु, देवयानीले विवाहका लिग आदित्यलाई दबाब बढाउँदै लानु, आदित्यले सबै मिलाउने वचन दिनु, देवयानी तीन महिनाका लागि सिङ्गापुर जानु, आदित्यले आफ्नै साथी रेणुमार्फत पत्नी माधवीसँग कुरा मिलाइदिन अनुरोध अनुरोध गर्नु, देवयानीको जन्मदिन मनाउन आदित्य सिङ्गापुर पुग्नु, सिङ्गापुरमा देवयानीको विक्रान्तसँग भेट हुनु, विक्रान्तले देवयानीलाई प्रेम प्रस्ताव राख्नु,  देवयानीले आदित्यलाई बिहेबारे प्रश्न गर्नु, विक्रान्तसँग सिङ्गापुरमा देवयानीको निरन्तर भेटघाट भइरहनु, देवयानी काठमाडौँ फर्कनु, आदित्य कामका सिलसिलामा दिल्ली जानु, टेलिफोनमा नै देवयानी र आदित्यका बिचमा विवाहबारे कुरा हुनु, उसले पारपाचुके गर्न नसक्ने कुरा फोनमै बताउनु, उनीहरुका बिचमा दुरी बढ्नु, विक्रान्त सिङ्गापुरबाट देवयानीकै घरमा आउनु, देवयानीले विक्रान्तको प्रेम प्रस्ताव स्वीकार गर्नु, देवयानीले आदित्यलाई परिवारको सहमतिबिना विवाह गर्न नसक्ने बताउनु, आदित्यले भागेर विवाह गर्ने प्रस्ताव गर्न तयार रहेको कुरा बताउनु, देवयानीले आदित्यलाई बेवास्ता गर्नु, देवयानीले आदित्यको साथबिना अगाडि बढ्ने निर्णय सुनाउँदै यस उपन्यासको कथानक अगाडि बढेको छ । देवयानीसँग भेटेर विकसित भएको कथानक सिङ्गापुरमा देवयानीले विक्रान्तलाई भेटेपछि उत्कर्षमा पुग्छ भने उसको प्रेम प्रस्तावपछि क्रमशः ओरालो लाग्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

उपन्यासमा भूमिकाका आधारमा देवयानी र आदित्य मुख्य पात्रका रुपमा आएका छन् भने सहायक पात्रका रूपमा माधवी र विक्रान्त छन् । अन्य पात्रहरूमा रेणु, अर्पिता, इशिता, अनिल आदि रहेका छन् । वर्गीय हिसाबले सबै पात्रहरूले सम्भ्रान्त वर्गकै प्रतिनिधित्व गर्छन् । गत्यात्मकताका आधारमा उपन्यासमा स्थिर पात्रहरू नै रहेका छन् । लैङ्गिक हिसाबले देवयानी, माधवी, रेणु, अर्पिता आदि नारी पात्र हुन् भने आदित्य विक्रान्त आदि पुरुष पात्र हुन् । देवयानी नै उपन्यासकी मूलपात्र हो र उसकै नामबाट उपन्यासको नामकरण भएको छ ।

उपन्यासले जुन तरिकाले देवयानी चरित्र उठाएको छ त्यस आधारमा देवयानी यथार्थ चरित्र हो । यहाँ कुनै आकर्षक पुरुषसँग आकर्षित हुने नारीको चरित्रलाई फ्रायडियन मनोविज्ञानका आधारमा स्वाभाविक मान्न सकिन्छ । विवाहित भएर पनि बाहिर सम्बन्ध राख्ने अनैतिक चरित्रका रूपमा आदित्य देखिन्छ, जुन नेपाली समाजको यथार्थ चित्रण हो । जसरी मुख्य पात्रहरुलाई शिक्षित, कुलीन, देशविदेश बुझेका तथा व्यावसायिक क्षेत्रमा उच्च सम्मानित पात्रका रूमा चित्रण गर्न खोजिएको छ, त्यसअनुसार एक दृष्टिले उनीहरूमा नैतिक पक्ष कमजोर देखाइएको छ ।

अर्को दृष्टिले हेर्दा फेरि नैतिक भएकै कारण उनीहरूले परिवारको सहमतिबिना सम्बन्ध बढाउन नचाहेको निष्कर्ष दिइएको छ । त्यसैले दुवै चरित्र व्यक्तिगत स्वार्थमा लिप्त र अभिमानी चरित्रका रुपमा पनि देखिन्छन् । वास्तवमा दुवै चरित्र लेखकका मुखपात्र भएर उपस्थित छन् । जुन पृष्ठभूमिमा पात्रहरूको चयन गरिएको छ, वैचारिक हिसाबले ती पात्रहरू कमजोर साबित हुन्छन् । एकातिर कुलीन, सम्भ्रान्त, शिष्ट र मर्यादित मुख्य पात्रमा आदित्य उपस्थित छ भने नैतिक संस्कारमा ऊ फितलो छ । माधवीलाई शिक्षित र संस्कारी पात्र बनाइएको छ तर ऊ निरीह र निर्बल छ । उसमा विद्रोह छैन । देवयानी मुख्य र मुखपात्र भएर पनि उसको मानसिक स्थिति विरोधाभासपूर्ण छ ।  

उपन्यासको भाषा सलल बगेको छ । कतिपय स्थान र प्रसङ्गमा उस्तै उस्तै कुरा र विषय दोहोरिँदा केही पट्यारलाग्दो पनि छ । संवादात्मक शैली पनि अपनाइएको छ । शब्द चयनमा सचेतता छ । कतै कतै जटिल शब्दको प्रयोग गर्ने चाहना पनि छ । अङ्ग्रेजीका लामा लामा संवाद छन्, जुन आवश्यक देखिँदैनन् । समय सन्दर्भअनुसार कविताका हरफहरू पनि छन् । उपन्यासमा तत्सम शब्दको प्रयोग पर्याप्त छ । वर्णनात्मक शैली छ । तृतीय पुरुष दृष्टिबिन्दु प्रयोग भएको छ । पात्रका लागि मध्यम आदर प्रयोग गरिएको छ, जुन आख्यानमा त्यति उपयुक्त होइन । कवि व्यक्तित्वको  पहिलो औपन्यासिक कृति भएकाले पनि होला कतिपय स्थानमा काव्यिक भाषा छ भने कतिपय संवाद सूक्तिमय पनि छन् । भाषाशैलीका आधारमा उपन्यास लालित्यपूर्ण नै छ ।

Xtrem

Xtrem

कालगत हिसाबले आजभन्दा लगभग चार दशकअगाडिको परिवेश उपन्यासमा वर्णित छ । स्थानगत हिसाबले यो उपन्यासले सहरी परिवेश चित्रण गरेको छ । घटनाक्रमअनुसार उपन्यास ठोरी र अम्बालिका मन्दिरसम्म पनि पुग्छ । यसरी नै दिल्ली, पेरिस, सिङ्गापुरसम्म पनि उपन्यसाको परिवेश चित्रित छ । दिनरात, बाटो, नदीनाला, हरियाली, बजार, रेस्टुरेन्ट आदि स्थानहरू पनि कथावस्तुअनुसार आएका छन् । परिवेश चित्रणका दृष्टिले उपन्यास उपयुक्त छ ।  

उपन्यासले प्रेम र त्यागलाई एकसाथ चित्रण गर्न खोजेको छ, जुन कमजोर धरातलमा विकसित भएको छ । खासमा यहाँ दुवै पात्रको स्वार्थ हावी छ । आदित्य भन्छ –‘माधवी र अदिति यहीँ बस्छन् अनि हामी बिहे गरेर अन्तै आफ्नै नयाँ संसार बसाउँला ।’ अर्थात् ऊ आफ्नो परिवार देवयानीका लागि छोड्न सक्दैन । त्यसरी नै देवयानी भन्छे– ‘कानुन र समाजले यस्तो सम्बन्ध स्विकार्दैन … समाजका दृष्टिमा पनि हामी रसातलमा पुग्छौँ ।’ यी दुई अभिव्यक्तिकै आधारमा पनि यो प्रेम थिएन भन्ने पुष्टि हुन्छ । त्यसैले हरेक विपरीत लिङ्गीप्रतिको आकर्षण स्वाभाविक भए पनि त्यसलाई प्रेम नै मान्ने दृष्टिकोण दोषपूर्ण छ ।

दुवै पात्र दुवैको वास्तविकताबारे जानकार भएर नै अगाडि बढ्दै गएका छन् तर, विवाह जस्तो निष्कर्षका लागि तयार छैनन् । निश्चित समय व्यतीत भएपछि मुख्य पात्र देवयानी आफ्नो भविष्यप्रति सचेत हुनु र त्यसका लागि सुरक्षित वातावरण बनाउन खोज्नु अन्यथा होइन । त्यसरी नै आदित्यले पनि स्थापित आफ्नो पारिवारिक सम्बन्धको सुरक्षा खोज्नु स्वाभाविक छ । दुवै पात्र आफ्ना भूमिकाका लागि सुरक्षित अवतरणमा चिन्तित छन् भने त्यो प्रेम होइन । दुवै पात्रले जानीजानी सम्बन्ध गाँसेका हुनाले त्यो केवल आकर्षण मात्र हो । किनकि, देवयानीको यो कथन ‘के म त्यो रिलेसनमा बाँधिन सक्छु, जो पहिल्यै अरू कसैसँग बाँधिइसकेको छ ?’ ले उनीहरूका बिचमा प्रेम होइन, आकर्षण मात्र थियो भन्ने पुष्टि हुन्छ ।

देवयानी आदित्यको शारीरिक व्यक्तित्व र व्यावसायिक प्रतिष्ठासँग सम्मोहित भएकी हो भने आदित्य आफ्नी पत्नीसँग मानसिक र शारीरिक असन्तुष्टिका कारणले देवयानी व्यक्तित्वसँग नजिकिएको हो । दुवै आफ्ना अडानमा दृढ छन् र विवाहका लागि दुवैका आफ्ना सर्त छन् भने त्यहाँ प्रेम कसरी हुन्छ ? दुवै भविष्यको लेखाजोखा गरेर विवाहमा बाँधिन तम्तयार छैनन् भने त्यो प्रेम नभएर सम्झौता हुन्छ । प्रेममा सम्बन्धको लेखाजोखा हुँदैन व्यापारमा मात्र हुन्छ । चाहे पारिवारिक होस् वा सामाजिक जुन कारण उल्लेख हुनु भनेको मस्तिष्क प्रबल हुनु हो । मस्तिष्क प्रबल भएपछि तर्क हुन्छ । प्रेममा हृदय हावी हुन्छ, मस्तिष्क र तर्क होइन । त्यसैले यसमा प्रेम नभएर आकर्षण प्रबल छ । 

उपन्यासलाई लामो बनाउन अतार्किक विषयवस्तु र प्रसङ्ग उनिएको छ । उस्तै प्रसङ्ग, संवाद र वर्णनले पाठकलाई निराश बनाउन सक्छ । कतिपय सन्दर्भ ८० को दशकको कमजोर पटकथामा निर्मित हिन्दी चलचित्रका दृश्य झैँ लाग्छन् । ४१६ पृष्ठको उपन्यासको विषयवस्तुले पाठकलाई समाइरहन कठिन नै छ । उपन्यासमा द्वन्द्व प्रबल छैन भने यति लामो उपन्यासको उत्कर्ष निर्माणमा उपन्यासकार चुकेका छन् । पात्रहरू नजिकिने र छुट्टिने कारणहरू पटक्कै तार्किक बनेका छैनन् । उपन्यासलाई स्वाभाविक बनाउन भन्दा पनि प्राविधिक बनाउन खोजिएको आभास हुन्छ । कवि व्यक्तित्वको पहिलो औपन्यासिक कृति भएकाले आलोचना गर्नुपर्ने धेरै कारण भने छैनन् । समग्रमा वर्तमान नेपाली समाजमा सामाजिक चिन्ताकै विषयका रूपमा रहेको विवाहेतर सम्बन्ध र त्यसको असरका बारेमा उपन्यासको मूल विषयवस्तु रहेको उपन्यास प्रेम र आकर्षणको मध्यबिन्दु हो भन्न सकिन्छ ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्