• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व

तर यो क्रान्तिलाई अभिछिन्न रुपमा अगाडि बढाउदै अन्तिम लक्ष्यमा पुर्‍याइ छोड्ने उत्तरदायीत्व अझै पनि र सधैंभरी जेन-जी, जेन-वाइ पुस्ता र सम्पूर्ण आम जनताको काँधमा हुनेछ।
अरुण क्षेत्री आइतबार, भदौ २९, २०८२  २०:५७
1140x725

देशमा व्याप्त भ्रष्टाचार, कुशासन, वेथिति, राज्य संरचनाहरुको चरम दलीयकरण तथा दलीय थिचोमिचो एवं सिन्डिकेटबाट आजित भएर जेन-जी पुस्ताले सुरु गरेको भ्रष्टाचारविरोधी क्रान्तिले एउटा चरण पार गरेको छ। नवयुवाहरुको सडक प्रदर्शन र आन्दोलनको म्याण्डेटमा अन्तरिम सरकार गठन र संसद् विघटन भएसँगै सो क्रान्तिले वैधानिकताको स्वरुपमा प्रारम्भिक तर सबभन्दा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। 

नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको अन्तिम लक्ष्य प्राप्तिका लागि सुरु गरिएको यो क्रान्तिले सुरुवातमै केही महत्त्वपूर्ण उपलब्धि, व्यापक अवसर, जोखिमपूर्ण चुनौतीहरु र धेरै महत्त्वपूर्ण युवा उत्तरदायित्व एकसाथ सिर्जना गरेको छ। 

यो क्रान्तिलाई  यसको अन्तिम लक्ष्यतर्फ  दिशानिर्देश गर्न प्राप्त म्याण्डेट अनुसार संवैधानिक एवं व्यवस्थापकीय संयन्त्रहरुमार्फत् अन्तरिम सरकारले आधार तयार पार्ने नै छ। प्रत्यक्ष निवार्चित  कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, लोककल्याणकारी राज्यव्यवस्था,  समतामूलक समानतामुखि समावेशी लोकतन्त्र, दलीयसम्बद्धतामुक्त कर्मचारी प्रशासन र शिक्षा क्षेत्र एवं स्वतन्त्र र निष्पक्ष न्यायपालिका तथा संवैधानिक निकायहरु जस्ता शासकीय स्वरुप र सुशासनका मुद्दाहरुमा कानुन एवं संविधानका विज्ञ तथा अनुभवी व्यक्तित्वको नेतृत्वमा रहेको अन्तरिम सरकारले आवश्यक र सम्भव पहलकदमी लिने नै छ। 

तर यो क्रान्तिलाई अभिछिन्न रुपमा अगाडि बढाउदै अन्तिम लक्ष्यमा पुर्‍याइ छोड्ने उत्तरदायीत्व अझै पनि र सधैंभरी जेन-जी, जेन-वाइ पुस्ता र सम्पूर्ण आम जनताको काँधमा हुनेछ। अन्यथा, क्रान्तिले उब्जाउने चरम आशा अपेक्षा, पुन:निर्माणको चुनौती, वर्षौंको भ्रष्टाचार र हालको भौतिक एवं व्यावसायिक क्षतिले सिर्जना गरेको नाजुक अर्थतन्त्र र बेरोजगारी, अवसरवादी, विचौलिया र प्रतिक्रान्तिकारीहरुको चलखेलको चपेटामा परि भित्र भित्र फैलिन सक्ने चरम असन्तुष्टिको भुसको आगोले थप अस्तव्यस्तता र क्रान्तिको पूर्ण असफलता निम्त्याउने खतरा उत्तिकै छ। यसर्थ, यो क्रान्ति अझै पनि र सधैंभरि नवयुवास्तरमै, जनस्तरमै आश्रित छ र हुनुपर्दछ।

तत्कालीन उपलब्धि
१. यो क्रान्तिले राजनीति, राष्ट्रियता र सामाजिक उत्तरदायित्वबाट पर रहेको भाष्य सिर्जना गरिएको नवयुवा पुस्तालाई सिधै राजनीति र समाजसँग जोडिदिएको छ, अझ केन्द्र मै ल्याइदिएको छ। नवयुवाको यो राजनीतिक एवं सामाजिक जागरण देश र समाजको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पुनःस्थापना, पुन:निर्माण सँगसँगै प्राविधिक विकास र विश्वव्यापी आधुनिकीकरणमा युगान्तकारी सावित हुनेछ।

२. यो क्रान्तिले भ्रष्टाचारमुक्त र सुशासनयुक्त देश निर्माणको आधार तयार गरेको छ। दिनहुँ पत्रपत्रिका र सामाजिक सञ्जालमा आउने भ्रष्टाचारका ठुल्ठुला काण्डहरु समेत आमजनताहरुलाई कुनै नयाँ नौलो कुरा नभै सामान्य लाग्न थालेका थिए। भ्रष्टाचारविरुद्धको यस प्रकारको संवेदनहीनता, भ्रष्टाचारको सामान्यीकरण र दण्डहीनताको अवस्थामा भ्रष्टाचार र कुशासनको जड ठानिएका व्यक्ति, संरचना र सम्पत्तिहरुमाथि आक्रोश पोखिएको छ, सिधा आक्रमण भएको छ। 

यो सही थियो भन्न खोजेको होइन र क्षति पुर्‍याइएका सबै भ्रष्ट थिए भन्ने आशय पनि होइन तर यो अति पछिको खती थियो। यी घटनाहरुले भ्रष्टाचार र कुशासनविरुद्ध संवेदनशिलता र मनोबललाई उच्च बनाएको छ। यी घटनाका कारण भ्रष्टाचार, घुसको लेनदेन, सत्ता, शक्ति र राजनीतिको दुरुपयोग, तस्करी, करछली, कालोबजारी वा दल र नेतालाई चन्दा दिएर व्यापार  व्यवसाय गर्न खोज्नेले अब कम्तिमा दश पटक सोच्नेछ्न्।

फलानो नेतासँग व्यावसायिक साझेदारीमा छु, फलानो नेताको निकट छु, फलानो नेतासँग राम्रो चिनजान छ, फलानो नेताको घरमा भाडामा व्यवसाय गर्छु, फलानो नेताको टोलमा मेरो घर छ भन्ने खालका भ्रष्ट र फुस्रा मानसिकता एवं सुरक्षाको भ्रमबाट मुक्ति मिल्नेछ। आफ्नै क्षमता र बलबुतोमा ईमानदार भै व्यापार, व्यवसाय र रोजगारी गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ। भ्रष्टाचार र भ्रष्टाचारीविरुद्धको डर हराएको छ। यही विन्दुबाट भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र सुशासनको बाटो तय हुनेछ।

nimb
nimb
Ncell 2
Ncell 2

३. "हाम्रो पुस्ताले लडेर ल्याएको लोकतन्त्र !", "फलानो नेता र उसको पुस्ताले जेल बसिदिएकोले पाएको अधिकार र स्वतन्त्रता!" जस्ता दम्भ र त्यसैको ब्याज र स्याजमा चलाइएको मनपरी र लूटतन्त्रमाथि यो क्रान्तिले गतिलो गरि झापड हानिदिएको छ। कुनै पनि पुस्तालाई कुनै पनि प्रकारको दासता स्विकार्य छैन। आवश्यक परे आफ्नो वर्तमान र भविष्यका लागि जुनकुनै पनि पुस्ता जस्तासुकै शासकविरुद्ध लड्न र आफुअनुकूलको व्यवस्था स्थापित गर्न सक्षम छ भन्ने तथ्य यो क्रान्तिले प्रमाणित गरिदिएको छ। 

४. "अति गरे खति हुन्छ!", "पाप धुरीबाट कराउँछ!", "कलियुगमा आफ्नो पापको फल यहि जन्म मै भोग्नुपर्छ।" भन्ने प्रकारका हाम्रा नैतिक एवं धार्मिक मूल्यमान्यता प्रष्टरुप मै चरितार्थ भएका छ्न्। यो क्रान्तिले कतै न कतै हाम्रो समाजमा नैतिक एवं धार्मिक मूल्यमान्यतालाई पुनस्थापित गरि नैतिकवान समाज निर्माणमा टेवा पुर्‍याउने छ।   

अवसर
१. यो क्रान्तिले भ्रष्टाचारमुक्त सुशासनयुक्त समाज एवं देश निर्माण गर्ने ठूलो अवसर सिर्जना गरेको छ। देशका हरेक तह र तप्कामा व्याप्त साना ठूला सबै प्रकार भ्रष्टाचार, अनियमितता र अपारदर्शीता उजागर गर्ने र भ्रष्टहरुलाई कानुनी कठघरामा उभ्याउने बाटो खोलेको छ ।

२. केही दिन अगाडिसम्म नेपालमा असम्भव जस्तो देखिएको प्रत्यक्ष निवार्चित कार्यकारी प्रधानमन्त्रीय प्रणालीमा आधारित उन्नत एवं स्थायीत्वसहितको शासकीय स्वरुप,  दलियसम्बद्धतामुक्त कर्मचारी प्रशासन र शिक्षा क्षेत्र एवं स्वतन्त्र र निष्पक्ष न्यायपालिका तथा संवैधानिक निकायहरु विकास गरि राजनीतिक शुद्धीकरण गर्ने र साच्चैको सेवामुखि जनउत्तरदायी राज्यव्यवस्था विकसित  गर्ने अवसर प्राप्त भएको छ। 

३. बुढा पुस्ताका सिमित नेताहरुको निरन्तर कब्जामा रहेका पुराना राजनीतिक दलहरुको पुनर्संरचना र पुस्तान्तरण एवं वास्तविक आन्तरिक लोकतान्त्रिकरण सम्भव देखिएको छ। 

४. देशको सामाजिक एवं राजनीतिक संरचनाहरुमा नवयुवाहरुको प्रभावशाली उपस्थिति र हस्तक्षेपको ढोका खुलेको छ। 

चुनौती
१. आन्दोलनका क्रममा देशलाई आर्थिक एवं भौतिकरुपमा ठूलो क्षति पुगेकाले पुन:निर्माणमा धेरै खर्च र उल्लेख्य समय लाग्ने छ। निरन्तरको भ्रष्टाचारले खोक्रिएको देशको अर्थतन्त्रमा यसले ठूलो दबाब सिर्जना गर्नेछ। त्यसमाथि, छ महिनामा हुने चुनावमा उल्लेख्य रुपमा बजेट खर्च हुनेछ। मुद्रास्फीति, मूल्यवृद्धि र महंगीले जनतामा निराशा सिर्जना गर्नेछ। 
सही रुपमा परिस्थिति बुझाउन र सिमित स्रोतसाधनको उचित व्यवस्थापन तथा बाँडफाँट गर्न नसकिएको खण्डमा आक्रोश र अर्को जनविद्रोह सिर्जना हुने जोखिम रहेको छ। 

२. निजी क्षेत्र तथा विदेशी लगानीकर्ताहरुको मनोबल एकदमै गिरेको अवस्था छ। यस्तो अवस्थामा स्वदेशी वस्तुहरुको उत्पादन, व्यापार, व्यवसाय र उद्योगहरुको स्थापना, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा कमी आउनेछ फलस्वरूप राजस्व संकलनमा कमी आउनेछ, बेरोजगारी बढ्ने छ। 

३. ठूलो जन अपेक्षाले आफूसँगै चरम निराशा र आक्रोश सम्भावना बोकेर आएको हुन्छ। यो क्रान्ति ठूलो आशा र अपेक्षाको दममा सिर्जना भएको छ, समय बित्दै जाँदा देखिने गरि, अनुभव हुने गरि अवस्था परिवर्तन भएन भने यसले ठूलो असन्तुष्टि, आक्रोश र अर्को विद्रोह जन्माउने छ जसले देशलाई असफल राष्ट्रमा परिणत गर्नसक्छ।

४. यदि प्रतिक्रान्ति भयो वा अहिलेको क्रान्तिको मुद्दाहरु बोकेको वा सर्मथन गरेका दल र शक्तिहरु अबको निर्वाचनमा निर्णायक शक्ति बन्न सकेनन्, वैधानिक तवरबाट यो क्रान्तिका मुद्दाहरु स्थापित गर्न सकेनन भने यो क्रान्तिका महत्त्वपूर्ण र दीर्घकालीन उपलब्धिहरु खण्डित हुनेछ्न्। देश भ्रष्टाचार र कुशासनको पुरानै दुष्च्रकमा फस्ने छ र दशकौं पछाडि धकेलिने छ। 

५. नयाँ दल गठन हुँदै गर्दा वा नयाँ दलहरु शक्तिमा आउँदै गर्दा हिजो पुराना दलहरुको झण्डा र  झोला बोकेर देश र सार्वजनिक संस्था लुट्ने भ्रष्टचारी, अवसरवादी र विचौलियाहरुले आफ्नो प्रभावको प्रयोग गरि आफू भ्रष्टाचारविरोधी र सुशासनप्रेमी भएको ढोंग गर्दै  फेरि सत्तामा आउने वा आउन सक्ने दलहरुमा घुसपैठ गरि तिनिहरुको भ्रष्टीकरण गर्ने र व्यवस्था नै खतरामा पार्न सक्ने भएकाले यस्ता पात्र र प्रवृतिको पहिचान र रोकथाम अर्को चुनौती हो। 
प्रत्यक्ष प्रतिक्रान्ति जति घातक छ त्यो भन्दा बढी घातक र दीर्घकालीन असर यस प्रकारको छद्म प्रतिक्रान्तिले गर्नेछ। 

अबको युवा एवं नागरिक उत्तरदायित्व
देश अहिले संक्रमणकालीन अवस्थामा छ । अन्तरिम सरकारको रुपमा युवा समर्थित सेना संरक्षित गैरदलीय नागरिक सरकार गठन भएको छ। एकप्रकारले भन्नुपर्दा पुराना स्थापित दलहरु बहिस्कृत अवस्थामा छन्। यसर्थ, अहिलेको देशको व्यवस्था, अवस्था र निकास सबै प्रत्यक्ष परोक्षरुपमा नवयुवा र स्वतन्त्र नागरिकहरुको हातमा छ। 

अन्तरिम सरकारले आफ्नो म्याण्डेट र संवैधानिक परिधिभित्र रहेर गर्ने वैधानिक एवं शासकीय व्यवस्थापन र दिशानिर्देश आफ्नो ठाउँमा छँदैछ। त्यसका लागि सक्षम र विज्ञ व्यक्तित्वहरु सम्मीलित अन्तरिम मन्त्रीमण्डल रहने नै छ। 

तर अहिले देशको परिस्थिति आर्थिक, सामाजिक, भौतिक र मानसिक एवं भावनात्मक सबैरुपमा संक्रमणकालीन र नाजुक अवस्थामा रहेको छ। यस्तो अवस्था यो परिस्थितिलाई सर्व स्वीकार्य बनाउँदै, सहजीकरण गर्दै पुन:निर्माण जुट्नु र क्रान्तिको यो निर्णायक चरणमा निरन्तर सक्रिय भइ क्रान्तिलाई अन्तिम लक्ष्यमा पुर्‍याउने मुख्य उत्तरदायीत्व र जिम्मेवारी पनि  नवयुवा र आम नागरिकको हुनेछ।

१. देश केही समय आर्थिक संकटबाट गुज्रने उच्च सम्भावना छ। यस्तो अवस्थामा पुन:निर्माण थप चुनौतीपूर्ण हुनेछ। सबै नागरिक, विशेष गरि नवयुवावर्गले आफ्नो नियमित काम कर्तव्य इमानदारितापूर्वक गज्जबले पूरा गर्नुपर्नेछ। सो बाहेक सबैले आफ्नो दक्षता, क्षमता र समयअनुसार सम्बन्धित पक्षसँग समन्वय गरि पुन:निर्माण र सामाजिक कार्यहरुमा नियमित सहभागी हुने, श्रमदान र स्वयंसेवा गर्ने थिति सुरु गर्नु अत्यावश्यक छ। 

२. राष्ट्रसेवक कर्मचारी तथा सेवामुखि क्षेत्रमा कार्यरत नागरिकहरुले पारदर्शी, ईमानदार र मिल्ने जति लचिलो भएर छिटोछरितो रुपमा आफ्ना कार्य सम्पन्न गर्नुपर्ने छ। जनतालाई सेवा लिन सहज बनाउपर्ने छ। सबैले आ-आफ्नो कार्यलयका अनावश्यक र दोहोरो खर्चहरु कटौती गरौं। सम्भव हुँदा, समय हुँदा जनतालाई थप समय सेवा उपलब्ध गराउन तत्पर बनौं।

३. आफू कार्यरत, आफ्नो सरोकार वा आफ्नो नजिकका सार्वजनिक कार्यालय र सार्वजनिक विकास निर्माणका कार्यहरुमा भएका, भैरहेका वा शंकास्पद लागेका अनियमितता र भ्रष्टाचारका प्रमाण र जानकारीहरु संकलन गरि सम्बन्धित आयोग र निकायमा उजुरी गरौं। सूचनाको हक प्रयोग गरेर पनि आवश्यक सूचना, जानकारी, तथ्यांक र प्रमाणहरु संकलन गर्न सकिन्छ।

४. जर्जर अर्थतन्त्र, चुनाव र पुन: निर्माणको कारण बढ्दो खर्च, घट्ने राजस्व संकलन जस्ता कारणले केहि वर्ष मूल्यवृद्धि र महंगी बढ्ने छ। त्यसलाई सहज रुपमा लिँदै सबैले विलासिताका सामानहरुमा व्यक्तिगत र पारिवारिक खर्च कटौती गरौं। सकेसम्म स्वदेशी उत्पादन नै प्रयोग गरौं र कृषिकेन्द्रित क्रियाकलापमा सहभागिता बढाऔं। निराशा फैलन नदिन सचेतना जागृत गरौं।

५. सक्नेले स्वदेश मै रोजगारी सिर्जना गर्न जोड गरौं । सार्वजनिक संस्थाहरुमा खर्च कटौती नगरी लुकाएर राखिएका पद तथा दरबन्दीहरुमा पारदर्शी तरिकाले पदपूर्ति गरि रोजगारी सिर्जना गरौं। विदेशमा कार्यरत नेपाली युवाहरुले थप मेहेनत गरि वैधानिक माध्यमबाट मात्रै रेमिटेन्स पठाउने गरौं। देशमा उचित वातावरण र पूर्वाधार तयार भइ देशलाई आवश्यक परे स्वदेश मै फर्की आफ्नो ज्ञान, सिप र अनुभव देशका लागि खर्चिने प्रण गरौं।

६. सुशासन, सदाचार एवं नैतिक मुल्य मान्यता अवलम्बन गरौं। सबैले नियम र कानुनहरुको पालना गरौं। सार्वजनिक स्थल, सम्पत्ति र सम्पदाहरुको संरक्षण  एवं सरसफाइ गरौं। पद, रोजगारी र कामका लागि राजनीतिक नेता, उच्च पदस्थ र प्रभावशाली व्यक्तिहरुमार्फत् भनसुन गर्ने, सार्वजनिक स्थलहरुमा लाइन पालो मिच्ने, फोहोर गर्ने काम नगरौं। आवश्यक परेका व्यक्तिहरूलाई सधैं प्राथमिकता दिइ सहयोग गरौं, कसैको पनि विरुद्धमा हुने अन्याय, थिचोमिचो र विभेदविरुद्ध सभ्यरुपमा आवाज उठाऔं। 

७.सबैभन्दा महत्त्वपूर्ण, यो क्रान्तिलाई संस्थागत गर्न  हरेक चुनाव, विशेष गरि अबको चुनावमा, यो क्रान्ति र यसका मुद्दाहरुलाई साथ र समर्थन गर्ने दल र उम्मेदवारहरुलाई विजय गराउन अभियान सञ्चालन गरौं। सम्पूर्ण क्रान्तिकारी नवयुवा र भ्रष्टाचारविरोधी सुशासनप्रेमी नागरिकहरुको समर्थनमा एउटा नयाँ दल गठन गरि अबको संसदमा सो दलले यो क्रान्तिको म्यान्डेटअनुसार संविधान गर्ने ल्याकत राख्ने गरि विजयी गराऔं। सोका लागि मतदान गर्न योग्य सम्पूर्ण नवयुवाहरुले मतदाता नामावली दर्ता गरौं, विदेशमा भएका नेपालीहरु सकेसम्म समय मिलाएर मतदान गर्न स्वदेश फर्कौ। 

यो क्रान्ति र देश अब पुन:निर्माण र पुनर्संरचनाको संवेदनशील तथा जटिल चरणमा प्रवेश गरेको छ। भौतिक संरचनाहरुको पुन: निर्माण गर्नुपर्नेछ, राज्यसंरचनाहरु र शासकीय स्वरुपहरुको पुनर्संरचना गर्नैपर्दछ। तर त्यो भन्दा पनि महत्त्वपूर्ण पाटो, हाम्रा व्यक्तिगत र सामाजिक आचार, विचार र व्यवहारहरु समेतलाई निर्मम समिक्षा र पुनर्विचार गर्दै नैतिक एवं सदाचारी नागरिक मूल्यमान्यता स्थापित हुनु अत्यावश्यक छ। 

देश समाज र परिवारहरुको प्रतिविम्ब हो र नेता जनताहरुको। तसर्थ, सुशासन, न्याय, समता अनि भ्रष्टाचार, अन्याय र विभेद विरुद्धको शुन्य सहनशिलता राज्य र समाजका साना ठुला हरेक इकाइहरुमा प्रतिविम्बित हुनुपर्दछ। अन्यथा, यो क्रान्ति समयसँगै विलिन भएर जानेछ र भाविपुस्ताले फेरि रगत बगाउनुपर्नेछ। (लेखक पेशाले स्वास्थ्यकर्मी तथा राजनीतिशास्त्रका विद्यार्थी हुन्।)
 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  २०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्