• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम

डा राजेन्द्र कोजु बुधबार, कात्तिक ४, २०८३  ०७:४६
1140x725

दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार खान पाउनेको संख्या कम हुन्थ्यो। नयाँ लुगा किन्न पनि दशैँ नै कुनुपर्ने हुन्थ्यो। तर समयान्तरसँगै अहिले लुगा पनि जहिल्यै किनेर लगाउन सकिन्छ भने खानेकुराको उपलब्धता र पहुँच पनि केही हदसम्म वर्षैभरि हुन थालेको छ।

दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुपर्छ भन्दै बिहानैदेखि खाना पकाउने र खाने कार्यक्रम सुरु हुन्छ। चिल्ला मासुका परिकारसँगै विभिन्न किसिमका रक्सीहरु पिउने पनि धेरै हुन्छन्।

बियर, वाइन, ह्विस्कीले अहिलेको समाजमा राम्रै पकड जमाइसकेको छ। कहिल्यै रक्सी नपिउनेले पनि यो दशैंमा त पिउनुपर्छ भन्दै सुरु गर्छन्। कोही, दशैं त हो नि भन्दै महँगा विदेशी रक्सी भित्र्याउन थाल्छन्। कतिपयले त मदिरा नै उपहार दिने र लिने समेत गर्छन्। अरु समयमा भन्दा दशैंमा अत्यधिक रक्सीको खपत हुन्छ, जुन स्वास्थ्यका दृष्टिकोणले नराम्रो हो।

दशैंमा तास खेल्ने, फिल्म हेर्ने, कम्प्युटर, मोबाइलमा गेम खेल्ने, इन्टरनेट खोलेर सोसल मिडियामा व्यस्त हुने पनि धेरै नै हुन्छन्। यी कार्यहरुले हामीलाई खाना अत्यधिक र व्यायाम कम गराउँछ। र, सजिलै तौल बढाउन मद्दत गर्छ।

दशैंमा हामी ६ हजारदेखि ७ हजार क्यालोरी एकै दिनमा खान्छौँ। तर केही पनि कसरत नगरी बसी–बसी खायौं भने त २ हजार क्यालोरी पनि खर्च हुँदैन। अनि त्यो ४ हजार देखि ५ हजार बढी क्यालोरी के गर्ने ? 

Ncell 2
Ncell 2
nimb
nimb

क्यालोरी भन्नाले खानामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो खाद्यान्नबाट प्राप्त हुने शक्ति हो। १ ग्राम कार्बोहाइड्रेट वा प्रोटिनले ४ क्यालोरी दिन्छ भने १ ग्राम चिल्लोले ९ क्यालोरी दिन्छ। १ ग्राम रक्सी पियौं भने ७ क्यालोरी पाइन्छ भने ३३० एमएल कोक पियौं भने १४० क्यालोरी शक्ति पाइन्छ।

ती क्यालोरी प्रदान गर्ने मासु, दूध–दही, मिठाइ, पनिर वा एनिमल फ्याट (बोसो) राम्ररी प्रयोग हुन पाएन भने हाम्रो कलेजोमा वा रक्तनलीमा जम्न थाल्छ। रक्तनलीको चिल्लो पदार्थ बढ्दै जाँदा रक्तनली बन्द हुने खतरा हुन्छ र हृदयाघात, मस्तिष्काघात हुने खतरा हुन्छ। अतः दशैंमा रमाइलो गर्नुपर्छ, खानुपर्छ तर आवश्यकता अनुसार मात्र। सबैभन्दा महत्वपूर्ण कुरा त खाना अनुसार यथेष्ट व्यायाम गर्नुपर्छ। 

व्यायामको लागि यसो गरौँ
धेरैजसो बिहान मन्दिर दर्शन गर्न त गई नै रहेका हुन्छन्। त्यो समयमा गाडी, मोटरसाइकल प्रयोग नगरी बिहान २÷३ घण्टा हिँडेर पुग्न सकिने भयो साथीभाइ तथा परिवारजनसँग गफ गर्दै हिँड्दा रमाइलो पनि हुन्छ र व्यायाम पनि हुन्छ घरमा बसेर खाना बनाउने, गफिने बेलामा पनि मेचमा सोफामा बस्नुको सट्टा उभिएर नै सबै काम गर्‍यो भने पनि व्यायाम हुन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तास खेल्ने, टीभी हेर्नेभन्दा घर–आगनमै ब्याडमिन्टन खेल्ने, टेबल टेनिस खेल्ने, बल खेल्ने भयो भने अर्को व्यायाम हुन्छ।

कतिपय ठाउँमा आफू पहिले कहिल्यै गएको छैन भने दशैं बिदामा त्यो ठाउँमा पैदल नै किन नपुग्ने ? ३/४ घण्टा पैदलै गएर विभिन्न नौलो ठाउँ वा आफूलाई मनपर्ने ठाउँको रमाइलो बटुल्यौं भने व्यायाम पनि भयो, रमाइलो पनि।

बेलुका पनि खानापश्चात् एक घण्टा स–परिवार नै घर बाहिर पैदल घुमेर आयौं भने अर्काे आनन्द लिन सकिन्छ।

बालबालिकालाई पनि सकेसम्म शारीरिक व्यायाम हुने खेलहरुमा समावेश गराऔँ। फुटसल, साइक्लिङ, क्रिकेट, दौड वा अन्य कुनै।

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  ०७:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार
कुन देशमा कति बजे छ टीकाको साइत ?
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
अभिनेता महेश त्रिपाठीको दशैँ अनुभव- एक पटक पिङबाट लडेर बेहोस भएको थिएँ बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
कुन देशमा कति बजे छ टीकाको साइत ? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्