काठमाडौं –नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बस्ने भएको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा अहिले केही बेरमा बस्न लागेको बैठकमा न्यायाधीशहरूमाथि महाभियोग, संसद बैठक र संसदीय छानबिन समिति गठन, प्रहरी महानिरीक्षकका विषयमा उठेका आशङ्का तथा प्रश्नहरू र प्रेस स्वतन्त्रता, न्यायालय तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्नेबारे छलफल हुने बताइएको छ ।
कांग्रेस संसदीय दलको कार्यालयमा हुने बैठकमा भाग लिन विभिन्न दलका नेताहरू सिंहदबार पुगिसकेका छन् ।
नेकपा एमालेबाट सचिव तथा उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीबाट संसदीय दलका नेता वर्षमान पुन, प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्बु ओलीले बैठकमा भाग लिने भएका छन् ।
श्रम संस्कृति पार्टी र संसद बाहिर रहेका दलहरूलाई पनि बैठकमा बोलाइएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।