• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २२, २०८३  २१:००
1140x725

नेपाल सरकारले नेपाल सम्वत्‌लाई राष्ट्रिय मान्यता प्रदान गर्ने क्रममा अब सरकारी दस्तावेजहरूमा पनि यसको औपचारिक प्रयोग गर्ने आधिकारिक निर्णय गरिसकेको छ । यस अवस्थामा अब नेपाल सम्वत्‌को प्रयोग कुन स्तरमा पुग्यो भने यसले राष्ट्रिय मान्यता पाएको ठहर हुन्छ भनेर बुँदागत रुपमै स्पष्ट हुनुपर्ने खाँचो छ ।

नेवाः समुदाय, त्यसमा पनि काठमाडौं उपत्यकाका नेवाः समुदायको अगुवाई र सहभागितामा नेपाल सम्वत्‌को अभियान वा भिन्तुना आन्दोलन चलेको थियो । त्यसो भन्दैमा यो नेवाः समुदायको मात्र अभियान भने होइन । अहिले पनि यो नेवार समुदायको सम्वत् भन्ने भ्रम धेरैमा रहेको पाइन्छ । त्यही कारणले हरेक वर्ष प्रधानमन्त्रीलाई भेट्न जाँदा नेपाल सम्वत्‌को अभियान नेवाः समुदायले अगुवाई गरेकै आधारमा यो नेवाः हरूको मात्र सम्वत् भन्न मिल्छ भनेर प्रश्न सोध्दै आएको छु । नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने चारै जना नेवाः समुदायका हुन् । नेपाली कांग्रेस संस्थापना गर्ने व्यक्तिहरू पनि नेवाः समुदायका छन् ।

नेवाःहरूले स्थापना गरेको पार्टी बोकिरहन मिल्ने तर नेपाल संवत्‌लाई किन बोक्न नमिल्ने भनेर अहिलेका प्रधानमन्त्री र प्रधानमन्त्री भइसकेका वरिष्ठ नेताहरू सबैलाई सोधिसकेको छु । नेपाल सम्वत्‌को प्रयोग सरकारीस्तरमा व्यापक बनाउन प्रधानमन्त्रीलाई केले अप्ठ्यारो पारेको छ ? यस सम्बन्धी निर्णय गर्न केले रोके को छ? जवाफमा यस सम्बन्धी ठोस काम गर्छु भनेर हरेक प्रधानमन्त्रीले भन्ने गरेको छ। नेपाल सम्वत्को अभियानले केही उपलब्धि हासिल नगरेको होइन । तथापि ती उपलब्धीहरू किस्ताबन्दीका रुपमा पाइरहेका छौं। फेरि हामीले सरकारलाई भन्यौं– किस्ताबन्दी रुपमा पाइरहेको उपलब्धि पर्याप्त भएन । नेपाल सम्वत्को प्रयोग सम्बन्धी राष्ट्रिय सम्वत् नीति बनाउनु आवश्यक छ । सम्वत्‌को प्रयोगका सन्दर्भमा सरकारी दृष्टिकोण के हो ?

सरकारलाई बारम्बार सोध्दै आएका छौं । कमसेकम सम्वत् सम्बन्धी एउटा छुट्टै नीति आवश्यक छ । यस आन्दोलनका सर्वोच्च नेता पद्मरत्न तुलाधर हुँदादेखि हामीले यही कुरो भन्दै आएका छौं। तर पनि राज्यबाट टुक्रा टुक्रा रुपमा मागहरू पूरा हुँदै आइरहेको छ । कहिले नेपाल सम्वत्‌लाई राष्ट्रिय मान्यता प्रदान गरेको छ, कहिले सरकारले मान्यता दिएको भनेछ, त कहिले शंखधरलाई राष्ट्रिय विभूति घोषणा छ, कहिले बिदा भनेको छ र कहिले कार्यदल गठन गरेको छ ।

आजभन्दा २५ वर्ष अघिदेखि अहिलेसम्म हामीले नेपाल सम्वत्‌का सवालमा छ सात वटा सरकारी निर्णयहरू पाइसकेका छौं । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाल संवत् सम्बन्धी कार्यदल पनि गठन गरियो । कार्यदलले प्रतिवेदन पनि बुझायो तर त्यो प्रतिवेदन अध्ययन नहुँदै सरकार फेरबदल भयो । जनताले प्रतिवेदनमा के छ भनेर अहिलेसम्म थाहा पाएको छैन । सरकारले नेपाल सम्वत्‌लाई ग्रहण गरिदिनुस् । हाम्रो आग्रह यही रहेको छ । सरकारी कामकाजमा नेपाल सम्वत्‌को प्रयोग गर्ने भनेर नयाँ वर्षकै अघिल्लो दिन (विक्रम सम्वत् २०८१को कार्तिक २७ गते) मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । तर, त्यो निर्णय राजपत्रमा निस्किएन । मन्त्रिपरिषद्ले निर्णय गर्ने तर राजपत्रमा ननिस्किने पनि हुन्छ ? त्यसपछि कस्तो निर्णय भएको छ भनेर हामी सिहंदरबार गयौं । ठाडो आदेशको भरमा निर्णय गरिएको रहेछ । ठाडो आदेशको भरमा गरिएको निर्णय राजपत्रमा ननिस्किने रहेछ । मन्त्रालयबाट प्रक्रिया पुऱ्याएर, कानुन मन्त्रालयको सहमति लिएर मन्त्रिपरिषद्मा जानुपर्ने प्रक्रिया रहेछ । यो विषयमा कर्मचारी संयन्त्र र प्रधानमन्त्रीलाई पनि भेटेर भनिसकेका छौं ।

Ncell 2
Ncell 2
nimb
nimb

हामीले बजेट वा अरु भौतिक सामग्री मागेका होइनौं, मन्त्रिपरिषद्ले गरेको निर्णय राजपत्रमा प्रकाशित गरिदिनु भए पुग्छ भनेर प्रधानमन्त्री समक्ष भनेका थियौं । राजपत्रमा प्रकाशित भए भोलि काम गर्न सजिलो हुनेछ, कर्मचारी संयन्त्रलाई काम गर्न सहज हुनेछ । हामीले मागेको यति मात्रै हो । अर्थात सरकारले गरिसकेको निर्णयलाई औपचारिक प्रदान गरियोस् भन्ने मात्रै हाम्रो माग हो ।

त्यसै गरी अहिले नेपाल सम्वत्‌को सरकारी कार्यालयमा प्रयोग बारे अनुगमन गर्न सरकार समक्ष भन्दै आएका छौं । विभिन्न सरकारी कार्यालय, अड्डा र निकायले अहिले नेपाल सम्वत् प्रयोग गर्दै आएको छ । तर त्यसको प्रयोगमा कहीं समस्या छ कि ? त्यसलाई अझै सहज बनाउने कुनै उपाय छ कि ? अथवा कसैले प्रयोग नगरेको अवस्था पो छ कि ? त्यसको अनुगमन गर्न जरुरी छ ।

अहिलेसम्म पाएको उपलब्धिमा हामी खुशी छौं । तर, त्यो पर्याप्त छैन । यसका लागि सम्वत् सम्बन्धी नीति बनाएर कानुनी रुपमै अघि बढ्नुपर्ने खाँचो छ । मुख्यरुपमा भन्नुपर्दा सरकारले नेपाल सम्वत्‌को अपनत्व ग्रहण गर्नुपर्दछ । अहिले सरकारको शून्य लगानीमा नेपाल सम्वत् क्यालेण्डर हेर्ने एप्स बनाएका छौं। सरकारले नेपाल सम्वत्‌को प्रयोगको लागि लगानी गरेपछि मात्र नेपाल सम्वत्‌को तिथिमिति, यसबारे सारा जनताले थाहा हुनेछ । यसले नेपाल सम्वत्‌बारे बुझाउन धेरै सहयोग गर्नेछ। त्यसपछि नेपाल सम्वत्‌को प्रयोग अझ बढ्ने छ । पञ्चायती सत्ता ढाल्न नेपाल सम्वत् को आन्दोलन निकै सहयोगी बनेको इतिहास हामी सामू छ । यो कुरो अहिलेका शासकहरूले बुझेर पनि बुझपचाउनु भएन । भोलि नेपाल सम्वत्‌को आन्दोलनको गति तीब्र भयो भने के हुन्छ भनेर शासकहरूले गम्भीर रुपमा सोच्नुपर्ने खाँचो छ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बंगलादेश लगायत विभिन्न देशको गतिविधि हेर्ने हो भने यसो हुँदैन भन्न सकिन्न। त्यसले गर्दा नेपाल सम्वत्‌लाई राष्ट्रकै सम्वत् भनेर लिनु आवश्यक छ । हामी सानै उमेरदेखि विक्रम सम्वत् पढ्दै प्रयोग गर्दै हुर्किएकोले हामीले नेपाल सम्वत् प्रयोगलाई ल्याउन नसकिएको हो । नेपाल सम्वत्बारे अहिले स्कुलबाटै शिक्षा दिने हो भने अहिले विक्रम सम्वत् प्रयोग गरे झै यसको पनि प्रयोग सहज हुनेछ । त्यसका लागि शिक्षा, चेतना दिनुपर्ने खाँचो छ । राम्रो चिज

सिकायौं भने त्यसको ग्राह्यता पनि सहज हुन्छ । जुन कुरा सिकाइन्छ, त्यही सिक्छौं । राणाकालदेखि नेपाल सम्वत् बारे सिकाइएन । त्यसैले हामीले सिकेनौं। वि.सं २०५६ सालमा शंखधर साख्वाः राष्ट्रिय विभूति घोषणा गरेको थियो । अहिले विद्यालयस्तरमा ठाउँको जीवनीबारे र इतिहासबारे पढाइने गरेको छ । ६ कक्षाको नेपालीमा शंखधरको जीवनी राखिएको छ। त्यसपछि कक्षा ५ र ९ कक्षामा नेपाल सम्वत्का प्रणेता शंखधर साख्वाः भनेर राखिएको छ।यसले शंखधर साख्वाःको प्रचार जनजनमा फैलाउन धेरै काम गयो । तर, स्थानका विषयमा समेटिएको पुगेन भनेर भन्दै आएका छौं ।

शंखधर साख्वाःको माध्यमबाट राष्ट्रियता, गरिबी निवारण, सामाजिक कल्याणकारी सेवा लगायतका विषयमा ज्ञान दिन सकिन्छ। ठिमी ल्यायम्ह पुचःको अगुवाईमा विभिन्न स्थानमा नेपाल सम्वत्का प्रणेता शंखधर साख्वाःको सालिक निर्माणलाई तीव्रता दिएका छौं । अहिले देशभर २८ ठाउँमा शंखधरको सालिक रहेको छ । शंखधर साख्वाःको सालिकप्रतिको सम्मानले हामीलाई लोककल्याणको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गर्दछ।

राष्ट्रिय विभूति शंखधर साख्वाःप्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको विचार नेपाल न्यूज बैंकबाट लिइएको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं
लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटिएम बन्द
जो महाकवि देवकोटालाई ‘देउता’ मान्छन् [भिडियोसहित]
सम्बन्धित सामग्री
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं पञ्चायती सत्ता ढाल्न नेपाल सम्वत् को आन्दोलन निकै सहयोगी बनेको इतिहास हामी सामू छ । यो कुरो अहिलेका शासकहरूले बुझेर पनि बुझपचाउनु भए... आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न अदालतले आफ्नै तहबाट निष्पक्ष छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा न्यायाधीशमाथिको छानबिनको विषय संसद्को क्षेत्राधिकारत... बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग देशभन्दा ठूलो कुनै पद हुँदैन, विधिभन्दा माथि कोही हुँदैन र सत्यभन्दा शक्तिशाली कुनै आवरण हुँदैन। तसर्थ, तत्काल अदृश्यजस्तो देखिने सा... सोमबार, कात्तिक १६, २०८३
ताजा समाचारसबै
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटिएम बन्द आइतबार, कात्तिक २२, २०८३
यस्ता थिए महाकवि आइतबार, कात्तिक २२, २०८३
जो महाकवि देवकोटालाई ‘देउता’ मान्छन् [भिडियोसहित] आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्