Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?

64x64
नेपाल लाइभ शनिबार, मंसिर १२, २०८३  २१:३६
1140x725

नयाँदिल्ली– भारतीय कांग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धीले नागरिकता प्राप्त गर्नुअघि नै मतदाता सूचीमा नाम समावेश गराएको आरोपसम्बन्धी विवादमा दिल्ली प्रहरीले अदालतमा थप विवरण पेस गरेको छ। प्रहरीले सन् १९८० मा उनी भारतीय नागरिक नरहेको र सन् १९८३ अप्रिल ३० मा मात्रै नागरिकता प्राप्त गरेको पुष्टि गरे पनि मतदाता सूचीमा नाम दर्ता गराउँदा पेस गरिएका कागजात भने अझै फेला पार्न सकेको छैन।

दिल्ली प्रहरीले शनिबार राउज एभेन्यु अदालतमा दुईवटा प्रतिवेदन पेस गरेको हो। प्रहरीका अनुसार जिल्ला प्रशासन र केन्द्रीय गृह मन्त्रालयबाट प्राप्त विवरणले सोनियाले सन् १९८३ अप्रिल ३० मा भारतीय नागरिकता प्राप्त गरेको पुष्टि गरेको छ। नागरिकता प्रमाणपत्रमा उनको नाम एन्टोनिया माइनो अर्थात् सोनिया गान्धी उल्लेख रहेको प्रतिवेदनमा जनाइएको छ।

त्यस्तै, नयाँदिल्लीका जिल्ला निर्वाचन अधिकारीको कार्यालयबाट प्राप्त विवरणले सन् १९८० र १९८३ दुवै वर्षको मतदाता सूचीमा उनको नाम रहेको पुष्टि गरेको छ। तर, मतदाता सूचीमा नाम समावेश गराउन प्रयोग गरिएको आवेदन फाराम (फाराम–६) र अन्य सम्बन्धित कागजात फेला नपरेको प्रहरीले जनाएको छ। ती कागजातको खोजी भइरहेको छ।

प्रहरीले दिल्लीका मुख्य निर्वाचन अधिकारीसँग पनि आवश्यक अभिलेख मागेको छ। त्यसको जवाफ आउन बाँकी रहेकाले अनुसन्धान पूरा गर्न थप समय आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रहरी कार्यालयबीच उजुरी सारिएको विषयमा पनि अदालतको चासो
अधिवक्ता विकास त्रिपाठीले सन् २०२५ अगस्ट २४ मा सोनियाविरुद्ध उजुरी दर्ता गराएका थिए। उनले नागरिकता प्राप्त गर्नुअघि नै मतदाता सूचीमा नाम समावेश गराइएको भन्दै ठगी र किर्तेसम्बन्धी कसुरमा एफआईआर दर्ता गरी अनुसन्धान गर्न माग गरेका छन्।
उजुरी सुरुमा आईपी इस्टेट प्रहरी वृत्तमा पुगेको थियो। तर, उक्त क्षेत्र आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै प्रहरीले उजुरी नयाँदिल्ली जिल्लाअन्तर्गतको तुगलक रोड प्रहरी कार्यालयमा पठाएको थियो।
नोभेम्बर २८ को सुनुवाइमा अदालतले एउटा प्रहरी कार्यालयबाट अर्कोमा उजुरी सार्न कुन कानुनी प्रावधान प्रयोग गरिएको हो भन्ने प्रश्न उठाएको थियो। उजुरीको विषयमा जिल्ला प्रशासन कार्यालयमा रहेको मतदाता सूचीको अभिलेख मगाइएको भए पनि त्यसको कानुनी आधारबारे अदालतले स्पष्टीकरण खोजेको थियो।
अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेट विनोद जोशीले तुगलक रोड प्रहरी कार्यालयका प्रमुखलाई उपस्थित भएर घटनामा कसुर देखिन्छ कि देखिँदैन भन्नेबारे जानकारी दिन आदेश दिएका छन्। अदालतले प्रहरीलाई अनुसन्धान पूरा गर्न समय दिँदै अर्को सुनुवाइ डिसेम्बर १४ का लागि तोकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तल्लो अदालतको निर्णय उल्टिएपछि पुनः अनुसन्धान
यो विवादमा यसअघि पनि अदालतमा सुनुवाइ भएको थियो। सन् २०२५ सेप्टेम्बर ११ मा मजिस्ट्रेट अदालतले सोनियाविरुद्ध एफआईआर दर्ता गर्नुपर्ने माग अस्वीकार गरेको थियो। त्यसविरुद्ध उजुरीकर्ता त्रिपाठीले सेसन्स अदालतमा पुनरावेदन गरेका थिए।

सेप्टेम्बर २१ मा विशेष न्यायाधीश विशाल गोग्नेले मजिस्ट्रेट अदालतको निर्णय बदर गर्दै मुद्दालाई पुनः विचारका लागि फिर्ता पठाएका थिए। तल्लो अदालतको आदेश पर्याप्त कारणसहित नआएको र उपलब्ध कागजातका आधारमा उजुरीमा उठाइएका सम्भावित कसुरबारे उचित परीक्षण नभएको विशेष अदालतको ठहर थियो।

विशेष अदालतले मतदाता सूची भारतीय नागरिकका लागि मात्र हुने व्यवस्था औँल्याउँदै उजुरीमा उठाइएका विषयमा प्रहरीको प्रतिवेदन लिएर कानुनअनुसार पुनः निर्णय गर्न निर्देशन दिएको थियो। त्यसपछि राउज एभेन्यु अदालतले नोभेम्बर १८ मा प्रहरीसँग अनुसन्धानको प्रगतिबारे प्रतिवेदन मागेको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उजुरीकर्ताले सन् १९८०, १९८१ र १९८३ का मतदाता सूचीका प्रमाणित प्रतिलिपिसमेत अदालतमा पेस गरेका छन्। उजुरीमा सोनियाको नाम सन् १९८० मा नयाँदिल्ली निर्वाचन क्षेत्रको मतदाता सूचीमा समावेश भएको, सन् १९८२ मा हटाइएको र सन् १९८३ मा पुनः समावेश गरिएको दाबी गरिएको छ। तर, नागरिकता प्राप्त गर्नुअघि नाम कसरी दर्ता भयो र त्यसका लागि कुन कागजात प्रयोग गरियो भन्ने विषय अनुसन्धानकै क्रममा छ।

अहिलेसम्म अदालतले सोनियाविरुद्ध कसुर प्रमाणित गरेको छैन र एफआईआर दर्ता गर्न पनि अन्तिम आदेश दिएको छैन। डिसेम्बर १४ को सुनुवाइमा प्रहरीको थप विवरण र उपलब्ध प्रमाणका आधारमा उजुरीमाथि अर्को प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  २१:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
सम्बन्धित सामग्री
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? दिल्ली प्रहरीले शनिबार राउज एभेन्यु अदालतमा दुईवटा प्रतिवेदन पेस गरेको हो। प्रहरीका अनुसार जिल्ला प्रशासन र केन्द्रीय गृह मन्त्रालयब... शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने पराजयपछि प्रतिक्रिया दिँदै क्यारोलले निर्वाचन परिणामको जिम्मेवारी आफूले लिने बताएका छन् । शनिबार, मंसिर १२, २०८३
‘एआईबाट आगामी वर्ष कोरानाभन्दा पनि बढी मृत्युको खतरा’, नियन्त्रणबाहिर जानसक्ने चेतावनी एआई सुरक्षा अनुसन्धानकर्ता निकोला युर्कोभिचले हालै सार्वजनिक गरेको ‘ए वार्निङ अबाउट एआई टु माई लभ्ड वन्स’ शीर्षकको सन्देशमा यस्तो जो... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
‘एआईबाट आगामी वर्ष कोरानाभन्दा पनि बढी मृत्युको खतरा’, नियन्त्रणबाहिर जानसक्ने चेतावनी शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्