Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

‘एआईबाट आगामी वर्ष कोरानाभन्दा पनि बढी मृत्युको खतरा’, नियन्त्रणबाहिर जानसक्ने चेतावनी

64x64
नेपाल लाइभ शनिबार, मंसिर १२, २०८३  २०:४२
1140x725

एजेन्सी– कृत्रिम बुद्धिमत्ता (एआई) को विकास तीव्र गतिमा भइरहँदा त्यसलाई नियन्त्रण गर्न नसकिए कोरोना महामारीभन्दा पनि ठूलो संकट निम्तिन सक्ने खतरा उत्पन्न भएको चेतावनी दिइएको छ । 

एक एआई सुरक्षा अनुसन्धानकर्ताले दिएका एआईको दुरुपयोगबाट जैविक हतियार निर्माण, साइबर आक्रमण, वित्तीय प्रणालीमा अवरोध र मानव नियन्त्रणबाहिरका प्रविधिको विकास हुन सक्ने चेतावनी दिएका छन् । 

एआई सुरक्षा अनुसन्धानकर्ता निकोला युर्कोभिचले हालै सार्वजनिक गरेको ‘ए वार्निङ अबाउट एआई टु माई लभ्ड वन्स’ शीर्षकको सन्देशमा यस्तो जोखिम औंल्याएका हुन्। उनले सन् २०२७ मै एआईका कारण ठूलो क्षति हुन सक्ने र त्यसबाट धेरै मानिसको ज्यानसमेत जान सक्ने सम्भावना व्यक्त गरेका छन्।

उनका अनुसार एआई प्रणालीले महत्त्वपूर्ण पूर्वाधारमा पहुँच पाएमा विद्युत्, सञ्चार तथा बैंकिङजस्ता सेवा प्रभावित हुन सक्छन्। त्यस्तै, आपराधिक समूहले एआईको सहयोगमा खतरनाक जैविक हतियार विकास गर्न सक्ने जोखिम पनि छ। यस्ता सम्भावित घटनाले सामान्य जनजीवन र विश्वव्यापी सुरक्षामा गम्भीर असर पार्न सक्ने उनको चेतावनी छ।

युर्कोभिचले एआईको विकास यही गतिमा अघि बढे सन् २०३० को अन्त्यसम्म मानवजाति नष्ट हुने वा आफ्नै भविष्यमा नियन्त्रण गुमाउने सम्भावना करिब ५० प्रतिशत रहेको आकलन गरेका छन्। 

दुई साताको खाद्यान्न र नगद राख्न सुझाव
युर्कोभिचले एआईका कारण अनलाइन बैंकिङ तथा अन्य डिजिटल प्रणाली अवरुद्ध हुन सक्ने सम्भावना औंल्याउँदै घरमा कम्तीमा १४ दिन पुग्ने खाद्यान्न, पानी र केही नगद राख्न परिवारजनलाई सुझाव दिएका छन्।

उनका अनुसार पछिल्लो समय एआई प्रणालीको प्रयोगबाट साइबर आक्रमणका घटना बढेका छन्। यस वर्ष केही कम्पनीका कम्प्युटर प्रणालीमा एआईको माध्यमबाट पहुँच बनाइ आर्थिक क्षति पुर्‍याइएको उनको दाबी छ। अहिले देखिएका क्षति मुख्यतः आर्थिक भए पनि आगामी वर्ष त्यसको असर अझ गम्भीर हुन सक्ने उनले बताएका छन्।

एआईको क्षमतामा भइरहेको वृद्धिले मानव नियन्त्रण कमजोर बनाउँदै लगेको उनको चिन्ता छ। विशेषगरी एआई आफैँले आफ्नो क्षमता विस्तार गर्न थालेमा त्यसको निर्णय र व्यवहारलाई नियन्त्रण गर्न कठिन हुन सक्ने उनको आकलन छ।

Ncell 2
Ncell 2
nimb
nimb

एआई विकासको गति घटाउन विज्ञहरूको आग्रह
युर्कोभिचको चेतावनी एआई सुरक्षाबारे चिन्ता व्यक्त गर्ने वैज्ञानिकहरूको पछिल्लो धारसँग मिल्दोजुल्दो छ। एआईका अग्रणी वैज्ञानिक योशुआ बेन्जियोले पनि प्रविधिको विकास तीव्र भए पनि त्यसलाई सुरक्षित राख्ने उपायमा पर्याप्त प्रगति नभएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सम्बोधन गर्दै बेन्जियोले एआईबाट हुन सक्ने दुरुपयोग, शक्तिको केन्द्रीकरण र प्रविधिमाथि मानव नियन्त्रण गुम्ने जोखिमलाई विश्वव्यापी चुनौतीका रूपमा प्रस्तुत गरेका थिए। उनले ठूलो क्षति पुर्‍याउन सक्ने एआई प्रणाली विकास गर्नुअघि स्वतन्त्र विज्ञबाट त्यसको सुरक्षा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन्।

नोबेल पुरस्कार विजेता तथा एआईका अग्रणी अनुसन्धानकर्ता जेफ्री हिन्टनले पनि एआईले मानवजातिको अस्तित्वमै जोखिम निम्त्याउन सक्ने चेतावनी दिँदै आएका छन्। उनले आगामी एक दशकभित्र एआईका कारण मानव विनाश हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न नमिल्ने बताएका छन्।

त्यस्तै, एआई सुरक्षा अनुसन्धान केन्द्रका संस्थापक पल क्रिस्टियानोले एआईले नयाँ प्रकारका हतियार, जैविक महामारी फैलाउन सक्ने प्रविधि तथा स्वचालित आक्रमण प्रणाली विकास गर्न सक्ने जोखिम औँल्याएका छन्। उनका अनुसार अत्यन्त शक्तिशाली एआई प्रणाली मानव निर्देशनभन्दा बाहिर गएमा त्यसलाई रोक्न कठिन हुन सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संयुक्त राष्ट्रसंघले पनि मानव नियन्त्रणबाहिर रहेका घातक स्वचालित हतियार प्रणालीलाई प्रतिबन्ध लगाउन र अन्य प्रणालीलाई नियमन गर्नुपर्ने बताउँदै आएको छ। एआईको प्रयोगले हतियार प्रणालीको व्यवहार अनुमान गर्न कठिन बनाउने र मानवीय निर्णय तथा जवाफदेहितामा चुनौती थप्ने राष्ट्रसंघको चिन्ता छ।

कोरोना महामारीसँग तुलना
युर्कोभिचले एआईबाट आउन सक्ने सम्भावित संकटलाई कोरोना महामारीसँग तुलना गरेका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार सन् २०२६ अक्टोबरसम्म विश्वभर कोरोना संक्रमणका कारण ७१ लाखभन्दा बढी मृत्यु आधिकारिक रूपमा दर्ता भएका छन्। त्यस्तै, सन् २०२० र २०२१ मा महामारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका अतिरिक्त मृत्युको संख्या करिब एक करोड ४९ लाख रहेको डब्ल्यूएचओको अनुमान छ।

तर एआईका कारण सन् २०२७ मा लाखौँ मानिसको मृत्यु हुने वा सन् २०३० सम्म मानव अस्तित्व समाप्त हुने दाबी अहिलेसम्म प्रमाणित भएको छैन। यी अनुसन्धानकर्ताहरूले व्यक्त गरेका सम्भावित जोखिम र व्यक्तिगत आकलन हुन्।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  २०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो
‘एआईबाट आगामी वर्ष कोरानाभन्दा पनि बढी मृत्युको खतरा’, नियन्त्रणबाहिर जानसक्ने चेतावनी
सम्बन्धित सामग्री
‘एआईबाट आगामी वर्ष कोरानाभन्दा पनि बढी मृत्युको खतरा’, नियन्त्रणबाहिर जानसक्ने चेतावनी एआई सुरक्षा अनुसन्धानकर्ता निकोला युर्कोभिचले हालै सार्वजनिक गरेको ‘ए वार्निङ अबाउट एआई टु माई लभ्ड वन्स’ शीर्षकको सन्देशमा यस्तो जो... शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबारको निर्वाचनमा लिबरल–नेसनल गठबन्धनले बहुमततर्फको सफलता हासिल गरेपछि ३६ वर्षीया लिबरल नेतृ जेस विल्सन राज्यको नेतृत्व सम्हाल्ने... शनिबार, मंसिर १२, २०८३
अफगानिस्तानको विद्यालयमा विस्फोट, सात बालबालिकासहित १० जनाको मृत्यु बीबीसीको पश्तो सेवाका अनुसार शनिबार बिहान करिब १० बजे प्रान्तीय राजधानी असदाबादको अन्दारसैर क्षेत्रमा विस्फोट भएको हो। शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
‘एआईबाट आगामी वर्ष कोरानाभन्दा पनि बढी मृत्युको खतरा’, नियन्त्रणबाहिर जानसक्ने चेतावनी शनिबार, मंसिर १२, २०८३
बाँकेमा सेवाग्राहीसँग आर्थिक लाभ लिएको आरोपमा दुई जना ट्राफिक प्रहरी निलम्बित शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्