• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म

श्यामदास वैष्णव सोमबार, कात्तिक ७, २०७९  २१:०४
1140x725

महाकवि लक्ष्मीप्रसाद देवकोटासँग मेरो भेट विशेष सन्दर्भमा भएको थियो। उहाँलाई आफ्ना कृतिहरु सार्ने मान्छे चाहिएको रै’छ। मेरो अक्षर निकै राम्रो थियो। उहाँले यस्तो राम्रो अक्षर भएको मान्छे त म खोजिरहेको थिएँ भन्नुभयो। मैले म सेवा गरिहाल्छु नि भनेँ।

देवकोटाजी नेपाल भाषानुवाद परिषदका जागिरे लेखक हुनुहुन्थ्यो। उहाँले नै मलाई त्यहाँ जागिर मिलाइदिनुभयो। मैले मासिक ३० रुपैयाँ तलब पाउँथेँ। उहाँको तलब चाहिँ ८० रुपैयाँ थियो। पूर्णप्रसाद बाह्मण लगायतका अरु केही लेखक पनि अनुवादकका रुपमा जागिरे थिए। नाम भाषानुवाद भए पनि प्रायः सबै लेखकले मौलिक ग्रन्थ नै लेखे। पूर्णप्रसाद छोटा कथा लेख्नुहुन्थ्यो। देवकोटाजी महाकाव्य लेख्नुहुन्थ्यो।

त्यहाँ जागिर गरेपछि देवकोटाजीका कृतिहरु साफी गर्ने काम गर्न थालेँ। भाषानुवाद परिषद्को कार्यालय हालको घन्टाघरभन्दा अगाडि थियो। त्यहाँ साहित्यकारहरु जम्मा भइरहन्थे। त्यसैले धेरै लेखकहरुसँग मेरो भेटघाट र चिनजान भयो।

त्यस क्रममा ‘शारदा’ पत्रिकालाई पनि सघाउन पुगेँ। त्यहाँ पनि लेखक-कविहरुसँग सरसंगत भयो। त्यो सरसंगतले मलाई पनि लेखक बन्न प्रेरणा दियो र आफू पनि लेख्न थालेँ। लेखेर देवकोटालाई देखाउँथेँ। उहाँ राम्रो छ, राम्रो हुँदै गएको छ, लेख्दै गर भन्नुहुन्थ्यो।

बिखर्ची महाकवि
देवकोटाजी यस्ता थिए, उस्ता थिए भनेर अनेक अफवाह फैलाइएको पाइन्छ। तलब थापेको दिन बाटोमा बाँड्दै हिँड्थे, आफ्नो कोट नै फुकालेर गरिबलाई दिन्थे भन्ने जस्ता चर्चा चलेको पाइन्छ। यस्तो कुरा मैले पनि सुनेको हुँ। तर, कोटै फुकालेर दिएको थाहा छैन। एक-दुई जनाले यत्तिकै फर्माएर भनेको हो कि जस्तो लाग्छ। वास्तवमा उहाँको जीवनमा पैसाको दुःखै थियो।

उहाँ प्रायः भनिरहनुहुन्थ्यो, ‘पैसै पुगेन, घर चलाउन एकदम गाह्रो पर्‍यो।’

देवकोटाजी जागिर गर्नुका साथै घरैमा ट्युसन पढाएर पनि अलिअलि पैसा कमाउनुहुन्थ्यो। अंग्रेजी भाषामा उहाँको पकड राम्रो थियो। विद्यार्थीले सय रुपैयाँको दरले ट्युसन फी दिन्थे।

एक बाजि छोरीको बिहे गराउनुभयो। मुश्किल पर्‍यो भनेर भाषानुवादमा आफ्नो समस्या राख्नुभयो। उहाँलाई बिहे खर्च स्वरूप पाँच सय रुपैयाँ सहयोग दिइयो।

Ncell 2
Ncell 2
nimb
nimb

एक पटकको घटना म निकै सम्झिन्छु। उहाँले तलब थापेको एक दिन पैसा मैले बोकेको थिएँ। नोट नभई सिक्कैसिक्का गह्रुंगो हुने भएकोले मैले सघाएको थिएँ। सँगै उहाँको घर (धोबीधारा) तिर जाँदै थियौं, बाटोमा घर नजिकैको फलफूल पसलमा उहाँ रोकिनुभयो।

पसलको एउटा कुनामा मेवाको रास थुपारिएको थियो।

उहाँले सोध्नुभयो, ‘यो मेवा एउटाको कति पर्छ?’

पसल्नीले देवकोटालाई बडो उपेक्षाको भावले हेरी। उसले रुखो स्वरमा भनी, ‘यो मेवा बेच्नका लागि होइन!’

Xtrem

Xtrem

म झसंग भए। यत्रो ठूलो लेखकलाई पनि उसले चिनिन, मेवा किन्न खोज्दा पनि पत्याइन, सिल्ली जस्तै ठानी भन्ने लाग्यो। देवकोटालाई कतिपयले सिल्ली भन्थे। 

देवकोटाले नाटक पनि लेख्नुभयो। डिल्लीबजारको नाटक मण्डलीमा म काम गर्थेँ। नाटक मण्डलीले देवकोटालाई नाटक लेख्न दिएको थियो। मण्डलीका सञ्चालकले देवकोटाको धेरै काम हुन्छ, नाटक छिटो लेखाउन तिमी ताकेता गर्दै गर भनेर मलाई अह्राएका थिए।

मैले देवकोटा कहाँ गएर ताकेता गरे जस्तो गरेँ। उहाँले ‘भरत विलाप’ भन्ने नाटक लेखेर दिनुभयो। उतिबेला राणाजीको ढोका अगाडि अस्थायी रंगमञ्च बनाएर नाटक देखाइन्थ्यो।

घ्यू कमिला जस्ता मसिना अक्षर
म उहाँलाई देवकोटाजी भनेर बोलाउँथेँ। उहाँ मलाई श्याम भन्नुहुन्थ्यो। कृति सार्ने क्रममा तुकबन्दी मिलेन भने म मिलाइदिन्थेँ। एक-दुई शब्द फेरबदल गरिदिन्थेँ। त्यो देखेर उहाँ श्यामले यहाँ अर्को शब्द थपिदिएछन्, सपार्न खोजेछन् भन्नुहुन्थ्यो। केही गाली गर्नुहुन्नथ्यो।

उहाँको अक्षर मसिना थिए, घ्यू कमिला जस्तै। तर, स्पष्ट बुझिने खालका थिए। शब्द लेख्दा डिको नदिईकनै लेख्नुहुन्थ्यो। धाराप्रवाह लेख्न सक्ने खुबी थियो। कहिलेकाहीँ उहाँले बोल्ने र त्यही अनुसार मैले लेख्ने पनि गरियो। तर, त्यसो गर्दा उहाँको सोचाइ र बोलाइमा बीचमा अल्झो खडा भयो। त्यस्तो अलमल हुने गरेपछि भैगो मैं आफैं लेख्छु भनेर खुरुखुरु लेख्नुहुन्थ्यो।

लेखक हुनलाई अन्तरभाव जाग्नुपर्छ। बोलेर अरुमार्फत लेखाउँदा त्यो अन्तरभाव जगाउनतिर ध्यान दिने कि बाहिर बयान गर्ने भन्नेमा सामञ्जस्य नमिल्दो रै’छ।

उहाँको कृति मैले शुद्ध रुपमा सारेपछि त्यो पाण्डुलिपि छाप्नका लागि प्रेसमा पठाइन्थ्यो। त्यतिबेला प्रेस धेरै थिएनन्। किताब छाप्ने प्रेस ऋद्धिबहादुर मल्लको जोरगणेश प्रेस नै थियो। किताब छाप्ने बेला म पनि हेर्न जान्थेँ।

देवकोटाको सबै कृति मैले सारेको होइन। मुख्य गरी ‘शाकुन्तल’ महाकाव्य, ‘तुषार वर्णन’ काव्य र अरु केही सारेको हुँ। अरु कतिपय कृति उहाँकै लेखोट प्रेसमा पुगेर सोझै पनि छापिन्थ्यो।

देवकोटाको बढ्ता मिहिनेत परेको कृति 'शाकुन्तल' नै हो। मलाई पनि त्यही बढ्ता मन पर्छ।

घन्टौं बोलिरहने

देवकोटाजी मिजासिलो हुनुहुन्थ्यो। जोसित पनि नरम भएरै व्यवहार गर्ने। कसैलाई कडा शब्द प्रयोग गर्नुहुन्नथ्यो। सबैलाई बराबर मन पराउनुहुन्थ्यो। बरु यसो गरौं, उसो गरौं भन्नुहुन्थ्यो।

मुख च्यापच्याप गरेर घन्टौं बोलिरहनुहुन्थ्यो। बोल्नुपर्‍यो भने बोलिरहने। एक-दुई वटा सभामा उहाँले बोल्नुभएको मलाई सम्झना छ। सरस्वती सदनमा साहित्य सम्मेलन पनि उहाँले साहित्यबारे धाराप्रवाह बोल्नुभएको थियो।

वास्तवमा देवकोटा एकसुरमा लागिरहने स्वभावका हुनुहुन्थ्यो। बसेर घोप्टो परेर लेखिरहनुहुन्थ्यो। अगाडि जे भेट्यो, त्यसैलाई साधन बनाएर लेख्ने गर्नुहुन्थ्यो। अरु प्रपञ्च र लप्पनछप्पन केही पनि आउँथेन। लेखन कर्म नै उहाँको मुख्य ध्याउन्न रह्यो। त्यही लेखन कार्यले उहाँलाई देश-विदेश पनि पुर्‍यायो। महाकाव्य लेखेको हुनाले उहाँलाई महाकवि भनिएको हो। कुनै औपचारिक पद दिइएको होइन।

हिउँ परेको राति मासु खाएर खण्डकाव्यको सिर्जना
खानपानमा देवकोटाको विशेष सौख थियो। त्यसमा पनि मासु भनेपछि हुरुक्कै हुनुहुन्थ्यो। एक बाजि काठमाडौंमा हिउँ पर्‍यो। म देवकोटाको धोबिधारास्थित घरमा बसिरहेको थिएँ। हिउँ परेपछि देवकोटाजीले श्रीमतीसँग भन्नुभयो, ‘मलाई त मासु खान मन लाग्यो बज्यै!’

म त्यस्तै १८/२० वर्षको ठिटो थिएँ, मासु म ल्याउँछु नि त भनेर फूर्तिसाथ अघि सरेँ। त्यस्तै पाँच रुपैयाँ जति लिएर मासु पसल खोज्दै हिँडेँ।

हिउँ परेको बेला त्यस्तो जाडोमा कसले पसल खोल्ने ! खोज्दै जाँदा एउटा पसल खुलेको देखेँ, अगाडि मासु राखेर जाडोमा हात चपक्क बाँधेर पसले बसिरहेका थिए। मासु किनेर देवकोटाको घरमा बुझाइदिएँ।

त्यो देखेर बज्यैलाई आश्चर्य लागेछ। उहाँले मायालु पारामा झपार्नुभयो, ‘यस्तो हिउँ परेको बखतमा हिँड्न हुन्थ्यो ? रुखको हाँगा भाँच्चिएर लाग्न सक्थ्यो। कस्तो विचित्रको काम गरेको यो!’

बाजे मासु खाने भन्ने, बज्यैले चाहिँ विचारै नगरीकन बाहिर निस्कियो भनेर कराउने ! म चाहिँ उतिबेला मासु खान्नथेँ।

हिउँ परेको त्यही राति उहाँले ‘तुषार वर्णन’ भन्ने काव्य लेख्नुभएछ। मासु खाएको फल, खण्डकाव्य जन्मियो ! खसीको मासुभन्दा पनि अझ टाउको मन पर्थ्यो देवकोटालाई। टाउकोको रस खान रुचाउनुहुन्थ्यो।


अर्काइभबाट। नेपाल लाइभमा यो सामग्री पहिलोपटक २o७४ कात्तिक २ गते, बिहीबार प्रकाशित भएको थियो।

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  २१:०४
  • #लक्ष्मीप्रसाददेवकोटा
  • #लक्ष्मीजयन्ती

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्