• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म

श्यामदास वैष्णव सोमबार, कात्तिक ७, २०७९  २१:०४
1140x725

महाकवि लक्ष्मीप्रसाद देवकोटासँग मेरो भेट विशेष सन्दर्भमा भएको थियो। उहाँलाई आफ्ना कृतिहरु सार्ने मान्छे चाहिएको रै’छ। मेरो अक्षर निकै राम्रो थियो। उहाँले यस्तो राम्रो अक्षर भएको मान्छे त म खोजिरहेको थिएँ भन्नुभयो। मैले म सेवा गरिहाल्छु नि भनेँ।

देवकोटाजी नेपाल भाषानुवाद परिषदका जागिरे लेखक हुनुहुन्थ्यो। उहाँले नै मलाई त्यहाँ जागिर मिलाइदिनुभयो। मैले मासिक ३० रुपैयाँ तलब पाउँथेँ। उहाँको तलब चाहिँ ८० रुपैयाँ थियो। पूर्णप्रसाद बाह्मण लगायतका अरु केही लेखक पनि अनुवादकका रुपमा जागिरे थिए। नाम भाषानुवाद भए पनि प्रायः सबै लेखकले मौलिक ग्रन्थ नै लेखे। पूर्णप्रसाद छोटा कथा लेख्नुहुन्थ्यो। देवकोटाजी महाकाव्य लेख्नुहुन्थ्यो।

त्यहाँ जागिर गरेपछि देवकोटाजीका कृतिहरु साफी गर्ने काम गर्न थालेँ। भाषानुवाद परिषद्को कार्यालय हालको घन्टाघरभन्दा अगाडि थियो। त्यहाँ साहित्यकारहरु जम्मा भइरहन्थे। त्यसैले धेरै लेखकहरुसँग मेरो भेटघाट र चिनजान भयो।

त्यस क्रममा ‘शारदा’ पत्रिकालाई पनि सघाउन पुगेँ। त्यहाँ पनि लेखक-कविहरुसँग सरसंगत भयो। त्यो सरसंगतले मलाई पनि लेखक बन्न प्रेरणा दियो र आफू पनि लेख्न थालेँ। लेखेर देवकोटालाई देखाउँथेँ। उहाँ राम्रो छ, राम्रो हुँदै गएको छ, लेख्दै गर भन्नुहुन्थ्यो।

बिखर्ची महाकवि
देवकोटाजी यस्ता थिए, उस्ता थिए भनेर अनेक अफवाह फैलाइएको पाइन्छ। तलब थापेको दिन बाटोमा बाँड्दै हिँड्थे, आफ्नो कोट नै फुकालेर गरिबलाई दिन्थे भन्ने जस्ता चर्चा चलेको पाइन्छ। यस्तो कुरा मैले पनि सुनेको हुँ। तर, कोटै फुकालेर दिएको थाहा छैन। एक-दुई जनाले यत्तिकै फर्माएर भनेको हो कि जस्तो लाग्छ। वास्तवमा उहाँको जीवनमा पैसाको दुःखै थियो।

उहाँ प्रायः भनिरहनुहुन्थ्यो, ‘पैसै पुगेन, घर चलाउन एकदम गाह्रो पर्‍यो।’

देवकोटाजी जागिर गर्नुका साथै घरैमा ट्युसन पढाएर पनि अलिअलि पैसा कमाउनुहुन्थ्यो। अंग्रेजी भाषामा उहाँको पकड राम्रो थियो। विद्यार्थीले सय रुपैयाँको दरले ट्युसन फी दिन्थे।

एक बाजि छोरीको बिहे गराउनुभयो। मुश्किल पर्‍यो भनेर भाषानुवादमा आफ्नो समस्या राख्नुभयो। उहाँलाई बिहे खर्च स्वरूप पाँच सय रुपैयाँ सहयोग दिइयो।

Ncell 2
Ncell 2

एक पटकको घटना म निकै सम्झिन्छु। उहाँले तलब थापेको एक दिन पैसा मैले बोकेको थिएँ। नोट नभई सिक्कैसिक्का गह्रुंगो हुने भएकोले मैले सघाएको थिएँ। सँगै उहाँको घर (धोबीधारा) तिर जाँदै थियौं, बाटोमा घर नजिकैको फलफूल पसलमा उहाँ रोकिनुभयो।

पसलको एउटा कुनामा मेवाको रास थुपारिएको थियो।

उहाँले सोध्नुभयो, ‘यो मेवा एउटाको कति पर्छ?’

पसल्नीले देवकोटालाई बडो उपेक्षाको भावले हेरी। उसले रुखो स्वरमा भनी, ‘यो मेवा बेच्नका लागि होइन!’

म झसंग भए। यत्रो ठूलो लेखकलाई पनि उसले चिनिन, मेवा किन्न खोज्दा पनि पत्याइन, सिल्ली जस्तै ठानी भन्ने लाग्यो। देवकोटालाई कतिपयले सिल्ली भन्थे। 

देवकोटाले नाटक पनि लेख्नुभयो। डिल्लीबजारको नाटक मण्डलीमा म काम गर्थेँ। नाटक मण्डलीले देवकोटालाई नाटक लेख्न दिएको थियो। मण्डलीका सञ्चालकले देवकोटाको धेरै काम हुन्छ, नाटक छिटो लेखाउन तिमी ताकेता गर्दै गर भनेर मलाई अह्राएका थिए।

मैले देवकोटा कहाँ गएर ताकेता गरे जस्तो गरेँ। उहाँले ‘भरत विलाप’ भन्ने नाटक लेखेर दिनुभयो। उतिबेला राणाजीको ढोका अगाडि अस्थायी रंगमञ्च बनाएर नाटक देखाइन्थ्यो।

घ्यू कमिला जस्ता मसिना अक्षर
म उहाँलाई देवकोटाजी भनेर बोलाउँथेँ। उहाँ मलाई श्याम भन्नुहुन्थ्यो। कृति सार्ने क्रममा तुकबन्दी मिलेन भने म मिलाइदिन्थेँ। एक-दुई शब्द फेरबदल गरिदिन्थेँ। त्यो देखेर उहाँ श्यामले यहाँ अर्को शब्द थपिदिएछन्, सपार्न खोजेछन् भन्नुहुन्थ्यो। केही गाली गर्नुहुन्नथ्यो।

उहाँको अक्षर मसिना थिए, घ्यू कमिला जस्तै। तर, स्पष्ट बुझिने खालका थिए। शब्द लेख्दा डिको नदिईकनै लेख्नुहुन्थ्यो। धाराप्रवाह लेख्न सक्ने खुबी थियो। कहिलेकाहीँ उहाँले बोल्ने र त्यही अनुसार मैले लेख्ने पनि गरियो। तर, त्यसो गर्दा उहाँको सोचाइ र बोलाइमा बीचमा अल्झो खडा भयो। त्यस्तो अलमल हुने गरेपछि भैगो मैं आफैं लेख्छु भनेर खुरुखुरु लेख्नुहुन्थ्यो।

लेखक हुनलाई अन्तरभाव जाग्नुपर्छ। बोलेर अरुमार्फत लेखाउँदा त्यो अन्तरभाव जगाउनतिर ध्यान दिने कि बाहिर बयान गर्ने भन्नेमा सामञ्जस्य नमिल्दो रै’छ।

उहाँको कृति मैले शुद्ध रुपमा सारेपछि त्यो पाण्डुलिपि छाप्नका लागि प्रेसमा पठाइन्थ्यो। त्यतिबेला प्रेस धेरै थिएनन्। किताब छाप्ने प्रेस ऋद्धिबहादुर मल्लको जोरगणेश प्रेस नै थियो। किताब छाप्ने बेला म पनि हेर्न जान्थेँ।

देवकोटाको सबै कृति मैले सारेको होइन। मुख्य गरी ‘शाकुन्तल’ महाकाव्य, ‘तुषार वर्णन’ काव्य र अरु केही सारेको हुँ। अरु कतिपय कृति उहाँकै लेखोट प्रेसमा पुगेर सोझै पनि छापिन्थ्यो।

देवकोटाको बढ्ता मिहिनेत परेको कृति 'शाकुन्तल' नै हो। मलाई पनि त्यही बढ्ता मन पर्छ।

घन्टौं बोलिरहने

देवकोटाजी मिजासिलो हुनुहुन्थ्यो। जोसित पनि नरम भएरै व्यवहार गर्ने। कसैलाई कडा शब्द प्रयोग गर्नुहुन्नथ्यो। सबैलाई बराबर मन पराउनुहुन्थ्यो। बरु यसो गरौं, उसो गरौं भन्नुहुन्थ्यो।

मुख च्यापच्याप गरेर घन्टौं बोलिरहनुहुन्थ्यो। बोल्नुपर्‍यो भने बोलिरहने। एक-दुई वटा सभामा उहाँले बोल्नुभएको मलाई सम्झना छ। सरस्वती सदनमा साहित्य सम्मेलन पनि उहाँले साहित्यबारे धाराप्रवाह बोल्नुभएको थियो।

वास्तवमा देवकोटा एकसुरमा लागिरहने स्वभावका हुनुहुन्थ्यो। बसेर घोप्टो परेर लेखिरहनुहुन्थ्यो। अगाडि जे भेट्यो, त्यसैलाई साधन बनाएर लेख्ने गर्नुहुन्थ्यो। अरु प्रपञ्च र लप्पनछप्पन केही पनि आउँथेन। लेखन कर्म नै उहाँको मुख्य ध्याउन्न रह्यो। त्यही लेखन कार्यले उहाँलाई देश-विदेश पनि पुर्‍यायो। महाकाव्य लेखेको हुनाले उहाँलाई महाकवि भनिएको हो। कुनै औपचारिक पद दिइएको होइन।

हिउँ परेको राति मासु खाएर खण्डकाव्यको सिर्जना
खानपानमा देवकोटाको विशेष सौख थियो। त्यसमा पनि मासु भनेपछि हुरुक्कै हुनुहुन्थ्यो। एक बाजि काठमाडौंमा हिउँ पर्‍यो। म देवकोटाको धोबिधारास्थित घरमा बसिरहेको थिएँ। हिउँ परेपछि देवकोटाजीले श्रीमतीसँग भन्नुभयो, ‘मलाई त मासु खान मन लाग्यो बज्यै!’

म त्यस्तै १८/२० वर्षको ठिटो थिएँ, मासु म ल्याउँछु नि त भनेर फूर्तिसाथ अघि सरेँ। त्यस्तै पाँच रुपैयाँ जति लिएर मासु पसल खोज्दै हिँडेँ।

हिउँ परेको बेला त्यस्तो जाडोमा कसले पसल खोल्ने ! खोज्दै जाँदा एउटा पसल खुलेको देखेँ, अगाडि मासु राखेर जाडोमा हात चपक्क बाँधेर पसले बसिरहेका थिए। मासु किनेर देवकोटाको घरमा बुझाइदिएँ।

त्यो देखेर बज्यैलाई आश्चर्य लागेछ। उहाँले मायालु पारामा झपार्नुभयो, ‘यस्तो हिउँ परेको बखतमा हिँड्न हुन्थ्यो ? रुखको हाँगा भाँच्चिएर लाग्न सक्थ्यो। कस्तो विचित्रको काम गरेको यो!’

बाजे मासु खाने भन्ने, बज्यैले चाहिँ विचारै नगरीकन बाहिर निस्कियो भनेर कराउने ! म चाहिँ उतिबेला मासु खान्नथेँ।

हिउँ परेको त्यही राति उहाँले ‘तुषार वर्णन’ भन्ने काव्य लेख्नुभएछ। मासु खाएको फल, खण्डकाव्य जन्मियो ! खसीको मासुभन्दा पनि अझ टाउको मन पर्थ्यो देवकोटालाई। टाउकोको रस खान रुचाउनुहुन्थ्यो।


अर्काइभबाट। नेपाल लाइभमा यो सामग्री पहिलोपटक २o७४ कात्तिक २ गते, बिहीबार प्रकाशित भएको थियो।

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  २१:०४
  • #लक्ष्मीप्रसाददेवकोटा
  • #लक्ष्मीजयन्ती

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची !
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची ! आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
सुदूरपश्चिममा एमालेबाट लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्