काठमाडौं– सन् २०२६ को टी–२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लागेको छ । बिहीबार इस्ट एसिया प्यासिफिक छनोटमा जापानलाई हराउँदै यूएई छनोट भएसँगै २० वटै टोलीको टुंगो लागेको हो ।
सबै क्षेत्रको छनोट सकिएर १७ टिमको टुंगो लागेकोमा एसिया प्यासिफिक क्षेत्रबाट तीन टिमको टुंगो लाग्न बाँकी थियो ।
तर छनोटमा नेपाल र ओमानले बुधबार नै आ–आफ्नो स्थान पक्का गरिसकेका थिए । एक टिम बाँकी रहे पनि आज भएको खेलमा जापानलाई हराउँदै यूएईले आफ्नो स्थान पक्का गरेको हो ।
अब छनोट प्रतियोगितामा तालिकामा तेस्रो स्थानमा रहेको ओमानले भोलि जापानसँग खेल्दैछ । यता नेपाल र सामोआबीच पनि अन्तिम खेल छ । नेपाल अपराजित हुँदै ट्रफीसहित घर फर्किने लक्ष्यमा छ ।
टी–२० विश्वकप–२०२६
आयोजक
भारत र श्रीलंका (स्वतः छनोट)
खेल हुने
७ फेब्रुअरीदेखि ८ मार्चसम्म
सहभागी टिम
२०
गत संस्करणबाट छानिएका
अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज
आईसीसी वरीयताबाट छानिएका
आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान
अमेरिकी क्षेत्रबाट
क्यानडा
युरोपबाट
नेदरल्यान्ड्स र इटाली
अफ्रिकाबाट
जिम्बावे र नामिबिया
एसिया–इस्ट एसिया प्यासिफिकबाट
नेपाल, ओमान र यूएई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।