काठमाडौं– टी–२० विश्वकप एसिया प्यासिफिक छनोट अन्तर्गत ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईले छक्काको वर्षा गरेको छ ।
पहिले ब्याटिङ गर्दै यंएईले २२५ रन बनाएको छ । उक्त क्रममा यूएईले १७ छक्का प्रहार गरेको छ ।
सुपर सिक्समा लगातार दुई खेल हारेको यूएईले सामोआविरुद्ध चार विकेट गुमाउँदै २० ओभरमा २२५ रन बनाएको हो ।
यूएईका लागि अलिशान साराफूले सर्वाधिक ८६ रन बनाए । उनले मात्र ५१ बलमा उक्त रन बनाएका हुन् । यस्तै राहुल चोपराले ३४ बलमा ६२ बनाउँदा हर्सिद कौसिकले १२ बलमा ४४ रन बनाए । मयंक चौधरीले १७ तथा ध्रुब परासरले ८ रन बनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।