काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्वालिफायर अन्तर्गत नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमान क्रिकेट एकेडेमीमा नेपालले टस जित्दै ओमानलाई फिल्डिङको निम्तो दिएको हो । सुपर सिक्समा दुई/दुई खेल जितेका दुवै टोलीसँग समूहचरणमा शीर्षमा रहँदै ६/६ अंक रहेको छ ।
यता यूएईले सामोआलाई हराएसँगै नेपाल र ओमान दुवै विश्वकपका लागि छनोट भइसकेका छन् । अब एक टिमको टुंगो लाग्न बाँकी छ ।
ओमानविरुद्ध नेपालले आज एक मात्र परिवर्तन गरेको छ । सन्दीप जोराको स्थानमा लोकेश बमलाई मौका दिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।