काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले सुपर सिक्समा लगातार दोस्रो जित निकालेको छ ।
रोमाञ्चक खेलमा कतारलाई नेपालले अन्तिम ओभरमा ५ रनले पराजित गरेको हो ।
नेपालको जितमा सन्दीप लामिछानेको बलिङ उत्कृष्ट रह्यो । उनले आफ्नो चार ओभरमा मात्र १८ रन खर्चिँदै पाँच महत्त्वपूर्ण विकेट लिए । यस्तै नन्दन यादवले २ र दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।
कतारका दुई जना ब्याटरले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन । त्यसअघि टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ५८ रन बनाए । ४१ बलमा सात चौका र एक छक्का प्रहार गरे ।
यस्तै २२ खेलेका दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए । गुल्शन झाले ८ बलमा १६ रन बनाउँदा सोमपाल कामीले ८ बलमै १४ र आशिफ शेखले ११ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।