बर्दिया - मौरीले टोकेर बर्दियामा एक जनाको मृत्यु भएको छ।
आफ्नै घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोक्दा ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीरबहादुर थारुको मृत्यु भएको हो ।
कात्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि थारु बेहोस भएका थिए। उनलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पुर्याइएको थियो।
उपचारकै क्रममा सोही दिन दिउँसो ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दियामा पु-याइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।