काठमाडौं– शनिबार अमेरिका–इजरायलको संयुक्त सैन्य आक्रमणपछि इरानले पनि जवाफी आक्रमण गरेको छ ।
इजरायली सेनाका अनुसार इरानका तर्फबाट सैयौं मिसाइल इजरायलतर्फ आएको र देशभर साइरन बजिरहेका छन् ।
इजरायली डिफेन्स फोर्सले भनेको छ, ‘सरकारको निर्देशन पालन गर्न सम्पूर्ण नागरिकहरुमा अनुरोध छ । इजरायली वायु सेना खतराहरुलाई रोक्न र जहाँ आवश्यक पर्छ त्यहाँ आक्रमढ अभियान चलाइहेको छ ।’
इरानले अमेरिका र इजरायललाई चेतावनी दिएको छ । युद्ध उनीहरुले सुरु गरे पनि समाप्त आफूले गर्ने बताएको छ । यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी सरकारले आत्मसमर्पण नगर्दासम्म आक्रमण नरोकिने बताएका छन् ।
आक्रमणपछि इरानी सर्वोच्च नेता आयतुल्लाह खामेनेईलाई सुरक्षित स्थानमा सारिएको छ । यता कतारमा रहेको अमेरिकी एयरबेस खाली गरिएको छ । इरानमा इन्टरनेट र मोबाइल सेवा बन्द भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।