काठमाडौं– पाकिस्तानको कराँचीमा अमेरिकी वाणिज्य दूतावासमा खामेनेईको मृत्युको विरोधमा आइतबार हिंसात्मक प्रदर्शन भएको थियो । अमेरिका र इजरायलको विरोध गर्दै अमेरिकी वाणिज्य दूतावासभित्र छिर्ने खोजे पछि सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए ।
आइतबार ९ जनाको मृत्यु भएको भनिएकोमा अहिले उक्त संख्या बढेर २३ पुगेको छ । १० भन्दा बढी घाइते भएका छन् । इरानमा अमेरिका–इजरायली आक्रमणमा परी त्यहाँका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई मारिएपछि अधिकांश शिया मुस्लिम देशहरुमा हिंसात्मक प्रदर्शन सुरु भएको छ । पाकिस्तानमा भने इमामिया विद्यार्थी संगठनले उक्त प्रदर्शनको नेतृत्व गरेको छ ।
यता भारतमा पनि खामेनेईको मृत्यु विरुद्ध शिया समुदायले विरोध प्रदर्शन सुरु गरेका छन् । जम्मू–कश्मिरका कैयौं जिल्लामा सोमबार कर्फ्यूजस्तो अवस्था उत्पन्न भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । श्रीनगरको लालचोकमा ब्यारिकेडिङ गरिएको छ । जहाँ भारतीय झण्डा निकालेर इरानी झण्डासमेत लगाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।