काठमाडौँ – एमालेको भावी अध्यक्ष लड्न मैदानमा उत्रिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरू छलफलमा जुटेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको थापागाउँस्थित सम्पर्क कार्यालयमा नेताहरूको भेला जारी छ ।
महाधिवेशन प्रतिनिधिको छनोट र पछिल्लो अवस्थाबारे विश्लेषणसहित टीमको भावी रणनीतिबारे छलफल भइरहेको सहभागी एक नेताले बताए ।
थापागाउँमा पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्य, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट लगायतका नेता उपस्थित छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।