काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि संस्थापन समूहका नेताहरू पुस मसान्तमा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्वीकार गर्न सहमत भएका छन्।
देउवालाई भेट्न पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा नेताहरू बालकृष्ण खाण, रणबहादुर रावल, सिता गुरुङ, कुन्दन काफ्ले, गुरु बरालसहित पुगेका थिए।
देउवा र खड्कासँग भेटेर कुराकानी गरेपछि निधि, सिटौलासहित सभापति देउवा पक्षका केही नेताहरू पुसभित्रै १५ औं महाधिवेशन कार्यतालिका ल्याउन तयार भएका हुन्।
‘हामीले कार्यवाहक सभापति र सभापतिज्यूसँग कुराकानी गर्यौं, पुसभित्रै १५ औं महाधिवेशन गर्ने कार्यतालिका कार्यवाहक सभापतिजीले आजको केन्द्रीय समितिमा पेस गर्दै हुनुहुँदो रहेछ, हामीले सहमति जनाएका छौं,’ निधिले भने।
पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंहकोसमेत सहमतिमा आफूहरू पुसभित्रै महाधिवेशन गर्न तयार भएको पनि उनले जानकारी दिए।
देउवाले कार्यवाहक सभापति खड्काले ल्याउने प्रस्ताव सबैको सहमतिको भएकाले मानेर जान नेताहरूलाई आग्रह गरेका थिए। संस्थापन समूह अब आउँदो पुसमा नियमित महाधिवेशन गर्ने कार्यतालिकामा सहमत भएको छ।
यसअघि निधि, सिटौलासहितका नेताहरू निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा थिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।