काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले १५औं महाधिवेशनमा डा शेखर कोइराला र आफूमध्ये एक जना सभापतिको उम्मेदवार हुने बताएका छन्।
मंगलबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले दुई दाजुभाइ सल्लाह गरेर सभापतिको उम्मेदवार हुने बताएका हुन्।
उनले भने, 'म सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ हुनुहुन्छ। उहाँ पनि इच्छुक हुनुहुन्छ, कुरा भइरहेको छ। हामी दुई जनामध्ये एक जना लड्छौँ।’
उनले महाधिवेशन तयारीका लागि समय कम रहेको बताए।
महाधिवेशनका लागि कम्तीमा तीन महिना समय आवश्यक पर्ने उनको भनाइ थियो।
‘समय कम भयो। महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ,’ उनले भने।
पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको उनले बताए। सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।