काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेलले अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंमा आयोजित प्रभातफेरीपछि सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले सो धारणा राखेका हुन्।
वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि अपांग महासंघसँग छलफल गर्दै आवश्यक ऐन कानून निर्माण गरिने उनले बताए।
त्यस्तै मन्त्री खरेलले ६ महिनाभित्र निर्वाचन गर्ने म्याण्डेडका साथ सरकार गठन भएकाले जसरी भएपनि निर्वाचन सम्पन्न गर्ने दावी गरे। निर्वाचनका लागि सरकारले उचित वातावरण बनाइसकेको उनले जिकिर गरे।
अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो।
दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपांग महासंघ लगाएत विभिन्न संघसंस्थाले बुधबार काठमाडौंमा प्रभातफेरी आयोजना गरेका थिए। प्रभातफेरीपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।