



काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह बालेनले समकक्षी भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् ।
भारतको हैदराबादमा दुई देशबिचको सम्झौता सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै बालेनले नेपाली जनताको तर्फबाट भारतीय जनता र प्रधानमन्त्री मोदीलाई पवित्र भूमि नेपाल भ्रमणको निम्ता दिएका हुन् ।
नेपाल–भारतबिचको आवत–जावत सहज बनाउन हवाई र स्थलमार्गको बाटो सहज बनाउने काम भएको उल्लेख गर्दै उनले साझा मुद्दामा हातेमालो गरी अगाडि बढ्ने बताए ।
दुई देशबिचको शताब्दीयौं पुरानो सम्बन्धलाई थप सुदृढ र सार्थक बनाउने प्रतिवद्धता जनाउदैं प्रधानमन्त्री बालेनले भने– युवाको सपना पूरा हुनुपर्छ, विद्यार्थीले पढ्ने अवसर पाउनुपर्छ । उद्योगीले विकासमा फड्को मार्नुपर्छ । दुई देशबिचको सम्बन्ध चिरस्थायी बनाउनु पर्छ ।’
जलवायु परिवर्तनको चुनौतीलाई सहकार्यमार्फत समाधान गर्ने भन्दै उनले दुई देशको सम्बन्धलाई थप जीवन्त बनाउन रेलसेवा सञ्चालन गरेको बताए ।
‘साझा समझदारी मार्फत दुई देशविचको सम्बन्धलाई थप बलियो बनाउने गरी काम गरेका छौं’ उनले भने ।
देशको समृद्धि र विकासका लागि भारतीय लगानी आवश्यक रहेको बालेनले बताए । साझा मुद्दामा हातेमालो गरी अगाडि बढ्ने प्रतिवद्धता जनाउदैं उनले भगवान पशुपतिनाथ, माता जानकी, जीवित देवी कुमारी, शान्तिका अग्रदुत भगवान गौतमबुद्ध जन्मस्थल रहेको पवित्र नेपाली भूमिको भ्रमणका लागि प्रधानमन्त्री मोदीलाई निम्ता गरेका हुन् ।
सम्बोधन अघि दुवै देशका प्रधानमन्त्रीले सम्पन्न आयोजनाको उदघाटन गरेका थिए भने दुई देशबिचको सम्बन्धलाई आगामी दिनमा युगान्तकारी बनाउने घोषणा गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।