काठमाडाैं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शााहले भारत भ्रमणबारे जनता समक्ष जानकारी गराउनु पर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठककाे आरम्भ गर्दै मंगलबार उनले भने -"हामी माग गर्छौँ कि प्रधानमन्त्रीले देशवासीहरुलाई बताउनुपर्छ, के-के उपलब्धिहरू भएका हुन, त्यो भन्नुपर्छ ।"
थापाले प्रधानमन्त्रीको भर्खर भएकाे भारत भ्रमणबाट केही उपलब्धिमूलक कुराहरू भएकाे बताए ।
"स्वागत हामीले गरेका छौँ, सकारात्मक भनेका छौँ" उनले भने ।
थापाले भ्रमणका सिलसिलामा नेपालका केही दीर्घकालीन हितका विषयहरूको सन्दर्भमा हामी केही पनि देखिरहेका छैनौँ भने ।
"हामी बोल्न हतार गर्दैनौँ, तर हमी माग गर्छौँ कि प्रधानमन्त्रीले देशवासीहरुलाई बताउनुपर्छ, के-के उपलब्धिहरू भएका हुन, त्यो भन्नुपर्छ" उनकाे माग थियोे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।