



काठमाडौँ - सर्वाेच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूकाे बिचाैलिया इनम सापकोटासंगकाे उठबस र लेनदेनसम्मका खबर बाहिरिएकाे बेला शनिबार बसेकाे सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले न्यायाधीशबारे संसदीय प्रकृया अगाडि बढाउने निर्णय लिएबाे छ ।
बैठकले बाहिर आएका विषयबारे संसदमार्फत प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकले संसदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
याे निर्देशनलाई विवादित न्यायाधीशहरुलाई महाअभियोग लगाउने संकेतका रूपमा हेरिएको छ ।
महाभियोग जान्छ, छानबिन मात्रै हुन्छ वा के हुन्छ भन्ने विषय संसदीय दलमै निर्भर रहने उनको भनाइ थियोे ।
"यदि हामीले समग्र न्याय क्षेत्रकै पुनर्संरचना गर्ने हो भने अब यसका लागि संवैधानिक बाटो भनेको संसद् नै हो । संसद्मार्फत यसको प्रक्रिया अघि बढाइनुपर्छ,’ खरेलले भने, ‘त्यो प्रक्रिया अघि बढाउनका लागि रास्वपाको आजको सचिवालय बैठकले संसदीय दललाई निर्देशन दिइसकेको छ ।’
न्यायालयको पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको भन्दै उनले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि संसदीय दललाई निर्देशन दिइएकाे बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।